'प्रचण्डको अभिव्यक्ति धम्की हो, मुकाबिला गर्न तयार छौं'

'प्रचण्डको अभिव्यक्ति धम्की हो, मुकाबिला गर्न तयार छौं'

काठमाडौं : राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन्। बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै लालले यस्तो बताएका हुन्। 

‘प्रचण्डको भनाइलाई हामीले गम्भीर रुपमा लिएका छौं। यो उनको  धम्की हो’, उनले भने।  बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै उनले प्रचण्डले चेतावनी दिएको आरोप लगाएका हुन्। 

‘संघीय सरकारले संविधान बमोजिम काम गर्छ कि गर्दैन’, उनले भने, ‘यदि संघीय संरचना तोड्न खोज्यो भने हामी मुकाबिला गर्न तयार छौं।’ मुलुकमा अराजकताको स्थिति आयो भने यसको सम्पूर्ण जिम्मेवारी संघीय सरकारले लिनुपर्ने उनको भनाइ छ। 

‘द्वन्द्व चर्काउने प्रचण्डको रणनीति हो। त्यही अनुसार उनले जनकपुरमा ओभरटेक नगर्न भनेर धम्की दिएका हुन्’, उनले भने, ‘अहिलेसम्म अन्तर प्रदेश परिषदको बैठक भएको छैन। प्रधानमन्त्रीजी यसमा चुक्नुभयो।’ 

उनले संघीय सरकारले मुलुकमा अराजकताको स्थिति सिर्जना गर्न खोजेको पनि आरोप लगाए। ‘संघीय सरकार शासन गर्न चाहन्छ। सबै संविधान बमोजिम चल्नुपर्छ’, उनले भने, ‘२ नम्बर प्रदेश संविधानबमोजिम नै चलेको छ।’

२ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा त्यस्तो विरोध गर्नुपर्ने के कुरा छ भन्दै उनले प्रश्न समेत गरे। २ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा के छ ? संविधान विरोधी के कुरा छ ? उनको प्रश्न छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.