दसैं मेलामा ठोक्किएको विवादमा हत्या

दसैं मेलामा ठोक्किएको विवादमा हत्या

विराटनगर : दसैं मेलाको भीड छिचोल्ने क्रममा एकआपसमा ठोक्किएको विषयलाई लिएर विवाद बढ्दै गएपछि विराटनगरमा एक युवाको हत्या भएको खुलेको छ। 

घटनामा संलग्न पक्राउ परेपछि गत शुक्रबार साँझ विराटनगर महानगरपालिका १४ का १९ वर्षीय राहुल भगतको छुरा प्रहार गरेर हत्या गरिएको घटनाको रहस्य खुलेको हो। 

दसैंको टीकाकै दिन लागेको मेलामा साथीभाइसँग घुम्न निस्किएका भगतमाथि विराटनगर ९ हनुमान मन्दिर अगाडि छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट पेटको माथिल्लो भागमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा मृत्यु भएको थियो। 

हत्यामा संलग्नलाई पक्राउपछि अनुसन्धान गर्दा वास्तविकता बाहिर आएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। उनका अनुसार घटनामा संलग्न छ जनालाई पक्राउ गरेर कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरिएको छ।

प्रहरीले विराटनगर ११ का १८ वर्षीय कुहिरा भनिने विशाल सहनीले भगतमाथि छुरा प्रहार गरेको जनाएको छ। घटनामा संलग्न अन्य पाँच भने १८ वर्ष मुनिका रहेको भन्दै प्रहरीले नाम र ठेगाना सार्वजनिक गरेको छैन। 

आठजना मिलेर भगतको हत्या गरेको खुलेको र अन्य दुईजना भने फरार रहेको एसपी केसीले बताए। उनका अनुसार मेला घुम्ने र मेलामा लागेको भीड छिचोल्ने क्रममा हत्या गरिएका भगतका साथी सविन कामतसँग घटनामा संलग्न विशाल सहनी ठोक्किएका थिए। 

‘कामत र सहनी एकआपसमा भीड छिचोल्ने क्रमममा ठोक्किएपछि उनीहरुबीच विवाद बढेछ,’ केसीले भने, ‘त्यही आबेगमा सहनीले साथीसँग रहेको छुरा मागेर कामतका साथी भगतको पेटमा प्रहार गरेको खुलेको छ।’ हत्या गरिएका भगतले पेन्टिङको काम गर्दै आएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.