सुदूरपश्चिममा कर्मचारी अभाव, १६ दरबन्दीकाे कार्यालय ६ जनाकाे भरमा

सुदूरपश्चिममा कर्मचारी अभाव, १६ दरबन्दीकाे कार्यालय ६ जनाकाे भरमा

बैतडी : सुदूरपश्चिम प्रदेश सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्र बैतडीमा एक उपसचिव सहित १६ जनाको दरबन्दी कायम गरियो ।

तर कार्यालय स्थापना भएको तीन महिना बितिसक्दा समेत ६ जना कर्मचारीले कार्यालय सम्हाल्दै आएका छन् । दार्चुला र बैतडी जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालयमा कर्मचारीको अभाव रहेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।

उनले भने, ‘केही समयमा कार्यक्रम नआएर समस्या भएको थियो । अब कार्यक्रम आएर कार्यान्वयनमा समस्या छ । दुई जिल्ला हेर्नुपर्ने छ । कर्मचारीको अभावमा कार्यक्रम कार्यान्वयनमा समस्या छ ।’

बैतडीकै पाटनमा स्थापना भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा पनि कर्मचारीको अभाव छ । १२ जनाको दरबन्दी रहेको कार्यालयमा ७ जनामात्रै कार्यरत रहेको पशु सेवा प्राविधिक बिसनसिंह बिष्टले बताए । उनी भन्छन्, ‘कार्यालयमा कर्मचारी नहुँदा समस्या भएको छ । प्रदेश सरकारको मातहत स्थापना भएको कार्यालय भएकाले अझै राम्रोसँग कार्यान्वयनमा आउन सकेको छैन । कर्मचारीको अभावमा कार्यक्रम पनि अघि बढाउन सकिएको छैन ।’

यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थापना भएको पूर्वाधार विकास कार्यालयमा पनि कर्मचारीकै अभाव छ । बैतडी, दार्चुला र बैतडीका प्रादेशिक सडक, ग्रामीण सडक र लामा झोलुंगे पुल हेर्ने जिम्मेवारी पाएको कार्यालयमा तत्कालका लागि कर्मचारीको अभाव रहेको सिनियर डिभिजनल इन्जिनियर जगतप्रसाद जोशीले बताए । भर्खरै कार्यालय स्थापना भएकाले कर्मचारीको अभाव पूर्तिका लागि तयारी भइरहेको जोशीको भनाइ छ ।

प्रदेश सरकार मातहत नै स्थापना भएका डिभिजन वन कार्यालय, महाकाली वृहत्तर जलाधार केन्द्र लगायतका कार्यालयमा पनि कर्मचारीको अभाव रहेको कार्यालयहरुले जनाएका छन् ।

कार्यालयहरुमा कर्मचारी नहुँदा कार्यसम्पादनमा समस्या देखिएको छ । चालु आर्थिक वर्षको एक चौमासिक सकिने बेलामा पनि प्रदेश सरकार मातहत स्थापना भएका कार्यालयहरुले  कर्मचारी, कार्यक्रम र अख्तिायारीकै समस्या झेलिरेहका छन् । कार्यालयहरुमा कर्मचारीको अभाव हुँदा ढिलो गरी स्थापना भएका प्रदेश सरकार मातहतका कार्यालयहरुले समयमै कार्यसम्पादन गर्न असहज हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.