सडक नबन्दा मेयर र सांसद मन्त्रालयमा

सडक नबन्दा मेयर र सांसद मन्त्रालयमा

ललितपुर : ललितपुरको ठेंचो–चापागाउँ सडक वर्षौंसम्म पनि नबनेको भन्दै स्थानीयले मंगलबार र बुधबार बिहान सडक अवरुद्ध गरे। जनप्रतिनिधि निर्वाचित भएको वर्ष बिते पनि सडक निर्माण गर्न ध्यान नदिएकोमा आक्रोशित स्थानीय सडकमै ओर्लिएपछि ललितपुरका सांसद र नगरप्रमुख भौतिक योजना तथा निर्माण मन्त्रालय पुगेका छन्।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनका अनुसार सडक निर्माणका लागि बारम्बार आवाज उठाउँदै आए पनि ठेकेदारले टेरपुच्छर नलगाएकोमा स्थानीयले आक्रोश पोखेका थिए। ‘असोज २२ साँझ काम थाल्छु भनेको थियो’, उनले भने। ठेकेदारले नगरेकाले जनप्रतिनिधिहरूले मन्त्रालय जानुपरेको बताए। सांसदहरू पम्फा भुसाल, नवराज सिलवाल, चेतनाथ सञ्जेल, राजकाजी महर्जन, मेयर महर्जनलगायतले बिहीबार भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवसँग भेटेर सडक निर्माणबारे गुनासो गरेका थिए।

मन्त्रालयका सचिवले चापागाउँ–प्याङगाउँबाट तिहारलगत्तै काम सुरु गर्न सडक डिभिजन कार्यालय ललितपुरलाई निर्देशन दिएको महर्जनले बताए। प्रदेश सांसद सञ्जेलले बिहीबार जिल्ला प्रशासन कार्यालय ललितपुर र मन्त्रालयमा सडक विस्तारबारे बैठक बसेको जानकारी दिए। ‘मन्त्रालयका सचिवसँग सडक तुरुन्त बनाउन सहमति भएको छ’, उनले भने। उनका अनुसार प्याङगाउँबाट लेले करिब ४ किलोमिटर सडक बनाउनुपर्ने छ। ठेंचो हेल्थपोस्टबाट प्याङगाउँसम्म तत्कालका लागि अस्थायी कालोपत्र गर्ने सहमति भएको पनि बताए।

तर सुनाकोठी, ढोलाहिटीको विषयमा अलि स्पष्ट भइनसकेको बताउँदै पूर्ववर्ती सरकारले क्षतिपूर्ति नदिई सडकको टेन्डर गरेको उनले भने। उनका अनुसार नगरविकासले घर हटाए बाटो बनाउँछु भनेर ठेकेदारले भनेको छ। हाललाई जिल्लामा केही रकम आएको र प्याङगाउँदेखि टाहाखेल चौतारासम्म तुरुन्त क्षतिपूर्ति दिँदै काम सुचारु गर्ने सहमति भएको सञ्जेलले बताए।

 सडक निर्माण नभएपछि आक्रोशित स्थानीय सडकमै ओर्लिएपछि ललितपुरका सांसदहरू र नगरप्रमुखहरू भौतिक योजना तथा निर्माण मन्त्रालय पुगेका छन्।

४ दिनअघि सडक डिभिजन कार्यालय ललितपुरका प्रमुखमा सरुवा भएर आएका अमृतमणि रिमालले यी सबै पुराना ठेक्का भए पनि तिहारअघि नै काम गर्ने सहमति भएको बताए। उनले भने, ‘सडक निर्माण स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय मन्त्रालयले गरेको छ।’ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले काम गर्ने अर्को निकाय नभएकाले तत्काललाई त्यहींबाट काम गर भन्ने आदेश दिएर बजेटको अख्तियारी पठाए विभागले काम गर्न सक्ने बुझाइ उनको छ।

‘कार्य विभाजनमा सडक स्थानीय तहमा परेका छन्’, रिमालले भने। ‘उहाँहरूको कार्यक्षेत्रमा हस्तक्षेप गर्ने कुरा भएन।’ चापागाउँ चौकीदेखि बसपार्कसम्म निर्माणको जिम्मा लिएको एससी कन्स्ट्र«क्सन कम्पनीका सञ्चालक भगीरथ तिमल्सिना काम गर्नुको साटो समय घर्केपछि ठेक्का लगाउने राज्यको नीति नै गलत छ भन्छन्। ठेंचो हेल्थपोस्टदेखि ठेंचोसम्म सडक निर्माणको जिम्मा लिएको देउकी निर्माण सेवाका सञ्चालक बद्री ढकालले वर्षा रोकिनासाथ काम सुरु गर्ने बताए पनि अझै काम गरेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.