आमासँगै बाटो काट्दै गरेका बालकको बसको ठक्‍करबाट मृत्यु

आमासँगै बाटो काट्दै गरेका बालकको बसको ठक्‍करबाट मृत्यु

राजविराज : आमासँगै बाटो काट्ने क्रममा स्कुले बसले ठक्कर दिँदा सप्तरीमा एक बालकको मृत्यु भएको छ।आमाको हात छुटाएर बाटो काटने क्रममा स्कुल बसले किचेर शुक्रबार बालकको मृत्यु भएको हो।

राजविराज-रुपनी सडक खण्डस्थित रुपनी गाउँपालिका- २ मा ना.३ ख ७३९० नम्बरको बसले किचेर राजविराज नगरपालिका- ८ बस्ने गुणानन्द यादवको छोरा पाँच वर्षीय शिवमकुमार यादवको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

राजविराज नगरपालिका- ९ मलेठस्थित कालिका बोर्डिङ्ग स्कुलको विद्यार्थी ओसारिरहेको ना.३ ख ७३९० नम्बरको बसले ठक्‍कर दिएको प्रत्यक्षदर्शीले बताए।

राजविराज- ८ स्थित घरबाट रुपनी गाउँपालिकाको पौवास्थित साविकको घर गइरहेका बेला म्याजिक भ्यानबाट ओर्लिएका बालककी आमाले भ्यानको भाँडा तिरिरहेका बेला हात छुटाएर बाटो काटने क्रममा बालकलाई बसले ठक्‍कर दिएको हो।

बालकको मृत्युपछि बेहोस भएकी आमा हिरादेवी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। मृतक बालकलाई पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। 

घटनालगत्तै बस छाडेर चालक फरार भएका छन्। बसलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। बस चालकलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै स्थानीयबासीले आधा घण्टा चक्‍का जाम गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.