उर्लाबारीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

उर्लाबारीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

 विराटनगर : मोरङको उर्लाबारी-इटहरा सडक खण्डमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका- ८ स्थित सडकमा बिहान १० बजे दुर्घटना हुँदा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ३५ प ९७७३ नंको मोटरसाइकलका चालक स्थानीय २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए।

तिमल्सिनाका अनुसार तीव्र गतिका कारण मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो। दुर्घटनामा परेर गम्भीर घाइते गौतमको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो। 

प्रनि तिमल्सिनाका अनुसार साँघुरो सडकका कारण उर्लाबारी-इटहरा सडक खण्डमा पछिल्लो समय सवारी दुर्घटना बढेको छ । साँघुरो सडकमा चालकले होसियारी नअपनाउँदा, लापरवाही गर्दा, ट्राफिक नियमको पालना नगर्दा र तिव्र गतिमा सवारी साधन चलाउँदा उक्त सडक खण्डमा दुर्घटना बढेर गएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.