उपत्यकामा दिउँसो २४ टिपरलाई अनुमति

उपत्यकामा दिउँसो २४ टिपरलाई अनुमति

ललितपुर : २४ वटा टिपरलाई १० दिनका लागि उपत्यकामा चल्ने अनुमति दिइएको छ । 

चक्रपथ सुधार आयोजनाका क्रममा सामान ओसारपसार गर्न २४ टिपरलाई चल्न अनुमति दिइएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख प्रेमराज जोशीका अनुसार १० दिनमा निर्माण सामाग्री ल्याइसक्ने गरी यो अनुमति दिइएको हो । 

उपत्यकामा टिपरका कारण दुर्घटना बढेको भन्दै टिपरलाई बिहान आठ बजेदेखि राति आठ बजेसम्म प्रवेश निषेध गरिएको छ । 

यद्यपी निर्माण कार्यमा असर पर्ने भन्दै ललितपुर जिल्ला प्रशासनले १० दिनका लागि निश्चित टिपरलाई अनुमति दिएको जोशीको भनाइ छ । अनुमति पाएका टिपरले चक्रपथमा आवश्यक सामान ल्याउन मात्र पाउने छन्। 

जोशीका अनुसार तीनकुने, कोटेश्वर, ग्वार्कोमा सर्भिस ट्रयाकबाट सवारी चलाउने व्यवस्था गरिएको छ । ‘मोटरसाइकल एउटा ट्रयाकबाट चलाउने, टिपर अर्कोमा र बस लगायतका अन्य चारपाङ्ग्रे सवारीलाई फरक ट्रयाकबाट चलाउने कुरा भएको छ’, उनले भने, ‘च्रकपथ आयोजनाका लागि दोलालघाटको सामान मात्रै गुणस्तर म्याच गरेको हो ।’ 

दोलालघाटबाट मात्रै सामान ल्याउनका लागि स्वीकृत भएको जोशीले बताए । अन्य आयोजनाका लागि टिकाभैरव, लेलेलगायत आसपासका ठाउँबाट सामान ल्याइने उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.