कविता : फेक मुुन
सविता विमली
जब दसैंको टीकामा
ल्यापटप रातै हुुन्छ
र, पर कतै दूर देशमा
खाली हुुन्छन् परदेशी निधारहरू
जब सार्वभौम नागरिक
महाशक्तिस्वरूपा
शीतल निवासको दैलामा
घुुँडा टेकिरहेको भेटिन्छ
जब परिवर्तनका नाममा
काटिन्छन् पर्व बिदाहरू
गृह मन्त्रालयको सूचीबाट
र त्यही काटिएको बिदाभरि
सरकारी निवासमा
बसेर रातो अक्षता मुुछिरहन्छ
मेरो देशको कार्यकारी
जब सुुशासनको बागडोर
सम्हाल्न नसकी
अकर्मण्य, अलमस्त देखिन्छ
एउटा भूतपूर्व क्रान्तिकारी
अनि मेरो चेतना
मेरो देशको लालसत्ताको अस्तित्वमाथि शंका गर्छ !!
इतिहासले दिएको
यो सर्वाधिक सुुन्दर मौकामा पनि
किन यति निरीह देखिइरहेछ सत्ता ??
छिमेकीले बनाउँदै गरेको
‘फेक मुुन’ले कुुनै दिन त
बाँड्ला उज्यालो !!
यहाँ भने,
बाटैमा अड्किएको मेलम्ची सपना
नेपाली पसिनाले नै बल्न चाहिरहेको बूढीगण्डकी
काटिन्न
ढल्दिनँ भनिरहेका लाखौं रूखहरू
एकसाथ कोरस गाइरहेछन् र सोधिरहेछन्...
अरे ओ (अ) नायक !
यो सुुनको थालीमा
कस्तो बुुट्टा भर्न खोजिरहेछौ तिमी ? ? ?