प्रदेश सांसद् अजयक्रान्तिको प्रस्ताव– ‘प्रदेशको राजधानी १२/१२ वर्षमा फेरौँ'

प्रदेश सांसद् अजयक्रान्तिको प्रस्ताव– ‘प्रदेशको राजधानी १२/१२ वर्षमा फेरौँ'

काठमाडौं : प्रदेश नम्बर तीनका सांसद् डा. अजयक्रान्ति शाक्यले प्रदेश राजधानी १२/१२ वर्षमा फेर्नु पर्ने नयाँ प्रस्ताव अघि सारेका छन्। प्रदेश नम्बर तीनको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले राजधानी कहाँ राख्दा उचित होला भन्ने अध्ययनसहितको प्रतिवेदन प्रदेशसभालाई बुझाएपछि उनले यस्तो प्रस्ताव अघि सारेका हुन्।

अध्ययन समितिले भौगोलिक अवस्था, क्षेत्रफल, जिल्लागत दूरी, जनसङ्ख्या, स्थानीय तहको सङ्ख्या, पूर्वाधारको अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्था, वातावरणीय अवस्थाका बारेमा अध्ययन गरेर प्रतिवेदन तयार पारेर प्रदेशसभालाई बुझाएको छ। उक्त प्रतिवेदनका आधारमा प्रदेश राजधानी कहाँ राख्ने भन्ने बारेमा आगामी बैठकमा छलफल हुने छ।

‘प्रदेश नम्बर तीनको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले तीन नम्बर प्रदेशको राजधानी कहाँ राख्दा उचित होला भनेर प्रदेशसभामा आफ्नो प्रतिवेदन पेस गरेको छ,’ शाक्यले भने, ‘हामी अब संभवतः आगामी बैठकमा प्रदेश राजधानीका विषयमा छलफल गर्छौँ। छलफल त्यही प्रतिवेदनका आधारमा अघि बढाउँछौँ।’

समितिले मुख्य गरेर पाँच वटा जिल्लामा प्रदेश राजधानी राख्दा उचित हुने प्रतिवेदन बुझाएको जानकारी दिँदै शाक्यले भने– ‘समितिले बुझाएको प्रतिवेदनलाई नै आधार मानेर छलफल अगाडि बढाउँदा तत्काललाई सबै भन्दा उपयुक्त होला भन्ने ठानेका छौँ,’ उनले थपे, ‘मेरो धारणा भन्ने हो भने अहिले अध्ययन समितिले पाँच ओटा जिल्लालाई सिफारिस गरेको छ। उदाहरणका लागि अध्ययन समितिले सबै भन्दा बढी पूर्वाधार भएका पाँच जिल्लामा पनि काभ्रे र चितवनलाई भनेको छ। यी मध्ये कुन जिल्लामा राजधानी बनाउन पूर्वाधार पुग्छ, त्यही जिल्लामा सबै भन्दा पहिला अर्थात तत्काललाई प्रदेश राजधानी तोकौँ।’ त्यसपछि बाँकी जिल्लालाई कम्तीमा १२—१२ वर्षमा पालैपालो राजधानी बनाउँदै जानुपर्ने उनको सुझाव छ।

‘हामीले १२ वर्षसम्म जुन जिल्लालाई राजधानी तोकेको हो त्यो जिल्लाको पूर्वाधार पूर्णरुपमा विकास गरौँ। त्यो सँगै अन्य जिल्लामा पनि विकास गर्दै जाऔँ। यो प्रदेश नम्बर तीनको मात्र होइन सात ओटै प्रदेशमा यही धारणा अनुरुप अघि बढ्न सकिन्छ,’ उनले भने, ‘यसरी हामीले १२—१२ वर्षमा राजधानी सार्ने र त्यहाँको पूर्वाधार विकास गर्दै अघि बढ्ने हो भने हामीले मुलुकको कुना–कुनासम्म विकास गर्न सक्छौँ। हामीले नेपालमा यसको सुरुवात गरेका छैनौँ ।’

समितिले वर्णानुक्रम अनुसार काभ्रेपलाञ्चोक, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लामा प्रदेश राजधानी राख्दा उचित हुने सिफारिस गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.