तेस्रो थाहा महोत्सव सुरु

तेस्रो थाहा महोत्सव सुरु

हेटौंडा : मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा शनिबारदेखि तेस्रो थाहा महोत्सव सुरु भएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले महोत्सव उद्घाटन गरेका थिए। उद्घाटन क्रममा मुख्यमन्त्री पौडेलले थाहा नगरपालिकालाई ३ नम्बर प्रदेशकै उत्कृष्ट पर्यटन गन्तव्यको रूपमा विकास गरिने बताए। ‘कृषि र पर्यटनलाई जोडेर यस क्षेत्रमा एग्रो टुरिजमको विकास गर्ने हाम्रो लक्ष्य छ’, उनले भने।

दुईसय २४ स्टल रहेको महोत्सवमा नौ दिनसम्म चल्नेछ। महोत्सवमा करिब ६ करोड रुपैयाँको कारोबार हुने र ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेला आयोजक थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले बताए महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ। साथै दुई सय ४० किसानका कृषि उपजको प्रतिस्पर्धा गराइने महासचिव प्रधानले बताए। तरकारीको पकेट क्षेत्र थाहा नगरबाट बर्सेनि करोडौं रुपैयाँको तकारी निर्यात हुने गरेको छ।

मेलामा उँट र अस्ट्रिचको नाच

पहाडी भेगमा उँट र अस्ट्रिच नौलो नाम हो। बालबालिकाले पाठ्यपुस्तकमा अध्ययन र तस्बिर देखे पनि प्रत्यक्ष रूपमा देख्न नपाएका उँट र अस्ट्रिचको नाच महोत्सवमा देखाइने आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए। ‘तालिम प्राप्त उँट र अस्ट्रिचले गीत बजाएपछि नाँच्न थाल्दछ, भने रहर हुनेले उँट चढेर मनोरञ्जनसमेत लिन सकिनेछ’, उनले भने। 

थाहानगरस्थित इन्द्रायणी चौरमा सुरु भएको महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आईटी, परामर्श तथा प्रवद्र्धन, अटो तथा सवारीसाधन, होटल तथा रेस्टुरेन्ट, आईटी इलेक्ट्रोनिक्स/मोबाइल, स्वास्थ्य तथा शैक्षिक परामर्श, डेरी आइसक्रिम, फेन्सी तथा कस्मेटिक, ट्याटु, बैंक तथा वित्तीय संस्था र कृषिजन्य वस्तुको बिक्री तथा प्रदर्शनी रहेको छ।

महोत्सव अघि निकालिएको र्‍यालीमा बाँसुरी बजाउँदै महिला।

महोत्सवमा विभिन्न भेषभुषा तथा लोपोन्मुख बाजागाजासहित प्रदर्शनी, गैरकाष्ठ वन पैदावर प्रदर्शनी, हिमालय, सूर्याेदय र सूर्यास्तको दृश्यावलोकन समेत गर्न सकिने अध्यक्ष खत्रीले बताए। साथै जैविक तथा वनस्पति प्रदर्शन, रोमाञ्चकारी पैदलयात्रा, लोकदोहोरी, नेवारी परिकारको बिक्री, बालमेला तथा विविध मनोरञ्जनात्मक खेलको प्रस्तुति रहने उनले जानकारी दिए।

महोत्सव उद्घाटनका क्रममा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी, ३ नम्बर प्रदेशसभा सदस्य कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाललगायतको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.