ब्राड पिटलाई ‘मिस’ गर्दछिन् एन्जेलिना
निरन्तरको विवादास्पद ‘कस्टडी ब्याटल’का बीच एन्जेलिना जोली ब्राड पिटलाई ‘मिस’ गर्दैछिन्। एन्जेलिनाको नजिकको स्रोतले दिएको जानकारीअनुसार उनी ब्राड पिटसम्म पुग्ने कोसिस गर्दैछिन्।
कस्टडी ब्याटलका कारण एन्जेलिना ब्राडलाई फोन गर्न सक्दिनन्। स्रोतका अनुसार दुई बीचको नराम्रो सम्बन्धविच्छेदपछि पनि एन्जेलिना ब्राडसँग भेट्न चाहन्छिन्। स्रोत बताउँछ, ‘एन्जेलिना आफैं ब्राडको फोनकलको विरोध गर्न आफैंलाई बाध्य बनाउँछिन्।’ स्रोत अझै भन्छ, ‘कहिलेकाहीँ उनी निकै भावुक हुन्छिन् र पूर्ण रूपमा ब्राडप्रति समर्पित हुन्छिन्। अन्य समय उनी ब्राडलाई केवल याद गर्छिन् र आफूलाई कल गर्न आग्रह गर्छिन्।’
एन्जेलिना र ब्राड प्रायः वकिल र असिस्टेन्टका माध्यमद्वारा मात्र एकापसमा कुरा गर्छन्। त्यसैले प्रत्यक्ष रूपमा यी दुईले एकअर्कासँग बोलचाल गरेका छैनन्।
एन्जेलिनाले ब्राडका ससाना कुरालाई ध्यान दिने गरेको र ब्राडको आवाजलाई मिस गर्ने गरेको स्रोत बताउँछ। जब कि यी दुईबीच चुनौतीपूर्ण सम्बन्धविच्छेदको घटना र कस्टडी ब्याटलको नाटक कायमै छ। एन्जेलिना चाहन्छिन्, आफ्ना बच्चाका लागि दुवैले केही सामान्य योजना बनाउन सकून्। तर, एन्जेलिना यो पनि जान्दछिन् कि ब्राडलाई उनकै इच्छाअनुसार छाडिदिनु नै ठीक हुनेछ।
यता एक स्रोतको भनाइअनुसार एन्जेलिनाबिना नै ब्राडको जीवन अगाडि बढिरहेको छ। उनी स्वस्थ, खुसी र पहिलेभन्दा अझै खुसी देखिएका छन्। स्रोत भन्छ— एन्जेलिनाको हस्तक्षेपबिना नै हाल ब्राड आफ्नो इच्छाअनुसार आफ्नो तरिकाले काम गर्न स्वतन्त्र छन्।