कानुन मिच्‍नेहरु नै विकास र समृद्धिको बाधक : गृहमन्त्री थापा

कानुन मिच्‍नेहरु नै विकास र समृद्धिको बाधक : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति, समृद्धि र विकासको मार्गमा अपराधी नै मुख्य बाधक रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयद्धारा आइतबार आयोजित 'समुदाय- प्रहरी साझेदारी' विषयक कार्यक्रममा थापाले यस्तो बताएका हुन्।

उनले सरकारको मुख्य लक्ष्य 'समृद्ध नेपाल र सुखी नेपाली' रहेकाले दीगो शान्ति स्थापना गर्नु आजको आवश्यकता रहेको बताए। गृहमन्त्री थापाले सुरक्षित समाज स्थापनासँगै सुशासन कायम गर्न जुनसुकै प्रकारका अपराधीलाई निश्तेज र नियन्त्रण गर्नुपर्ने आवश्यकता परेको बताए।

उनले भने, 'जसले कानुन मिच्छन्। अतिक्रमण गर्छन्। उनीहरु नै विकास र समृति शान्तिका बाधक हुन्। प्रहरी सरकारको अभिन्न अंग रहेकाले यो लक्ष्य हाँसिल गर्न सबैको साथ र सहयोग आवश्यक छ।'

थापाले प्रहरी, सरकार, समुदाय र नागरिकको संयुक्त साझेदारीमा मुलुकमा दीगो शान्ति स्थापना गर्न सकिने बताए। उनले भने, 'अपराध नियन्त्रण, शान्ति सुरक्षा र समृद्धिका लागि केवल बर्दीधारी प्रहरीले मात्रै होइन, बर्दी विनाका समुदायको  भूमिका पनि ठूलो रहनेछ।'

उनले सुरक्षा सुनिश्चत र अपराध नियन्त्रण र अपराधी निश्तेज गर्न समुदायले आ-आफ्नो ठाउँबाट भूमिका खेल्ने बेला आएको बताउ। उनले विगतमा भ्रष्टाचारी तस्कर, गुण्डा, मानवतस्कर लगायतका राष्ट्रघातीलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन नसकेको स्पष्ट पारे।

गृहमन्त्री थापाले भने, 'हाम्रा लाखौं युवायुवती मुगलानमा छन्। अरबका खाडीमा जाने प्रवाह छ। त्यसलाई रोक्न सकेनौ । दाजुभाइलाई देश निर्माण र समृद्धिमा सहभागी गर्न देशमा शान्ति स्थायीत्व र सुशासन कायम गर्न जुरुरी छ।'

प्रहरी मुख्यालयले सातवटै प्रदेशमा आइतबारबाट 'समुदाय-प्रहरी साझेदारी' कार्यक्रम सुरु गरेको छ। खासगरी नागरिक समाज, विद्यार्थी, नागरिक अगुवा, पूर्व निजामति कर्मचारी, स्थानीय तह र सरकारले अपराध नियन्त्रणका लागि खेल्नुपर्ने भूमिकाका बारेमा उक्त कार्यक्रमको खाका बनेको जानकारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिए।

उनका अनुसार शान्ति स्थापनाका लागि अपराध र अपराधीको सूचनाका लागि सबै तह र तप्काले सहयोग गर्नुपर्ने समय आएको छ। स्रोत साधनको अभाव छ। सूचनाको पहुँच बढाउनु छ। सबै प्रहरीबाट मात्रै सम्भव छैन, 'खनालले भने,' यसका लागि सबै पक्षसँग सहयोग गरिदिन हामी अपिल गर्छौं।'

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकारले हिचकिचाउन नहुने बताए। उनले प्रमुख सहरमा सीसीटीभीलगायतका उपकरण जडान गर्न सकिएमा अपराधका सूचनासँगै समाज सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, 'प्रहरीलाई महानगरपालिकाले गर्नसक्ने सहयोग गर्न तयार छ। समुदायबाट पनि यथोचित सहयोग हुन जरुरी छ।'

गृहसचिव प्रेमकुमार राईले विगतमा प्रहरीले ल्याएका नाराबाट पाठ सिक्न प्रहरी नेतृत्वलाई सुझाव दिए। उनले भने,' विगतमा पनि यस्ता थुप्रै नाराहरु आए तर महत्वपूर्ण लक्ष्य हाँसिल हुन सकेन। अब प्रहरीले आफूले मार्गनिर्देशन गरेका नारालाई उपलब्धिको रुपमा लिएर सोही अनुसार काम गर्नुपर्छ।' उनले शान्ति स्थापना र साझेदारीमा पूर्व प्रहरी कर्मचारीलाई समेत साथ लिएर अगाडी बढ्न प्रहरी नेतृत्वलाई सुझाव दिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.