मुख्यमन्त्री राई स्वास्थ्य उपचार गर्न थाइल्याण्ड जाने

मुख्यमन्त्री राई स्वास्थ्य उपचार गर्न थाइल्याण्ड जाने

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई स्वास्थ्य उपचारका लागि थाइल्याण्ड जान प्रदेश मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ। 

मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीलाई विदेश गई उपचार गर्ने विषयमा आइतबार निर्णय गरेको हो। 

राईलाई गर्धन हल्लिरहने समस्या छ। सार्वजनिक कार्यक्रममा बस्दा समेत यो समस्याले सताउने गरेको छ। थाइल्याण्डमा राम्रो र गुणस्तरीय उपचार हुने भएकोले राई कात्तिक १६ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। 

राईको कात्तिक २४ गतेसम्म थाइल्याण्मा रहने प्रदेश आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए। मुख्यमन्त्री राई उपचारका लागि निजी खर्चमा विदेश जान लागेका हुन्।

प्रदेश मन्त्रिपरिषदले सामाजिक सुरक्षाको व्यवस्था गर्न बनेको विधेयक, बालबालिका सम्बन्धी विधेयक र मनमोहन प्राविधिक विश्व विद्यालय सम्बन्धी विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको छ। यी सबै विद्येयक सामाजिक विकास मन्त्रालयले ल्याएको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.