सडक विस्तारमा बस्ती तगारो

सडक विस्तारमा बस्ती तगारो

ललितपुर : चापागाउँवासीले समयमा सडक नबनेपछि पटक पटक बाटो अवरुद्ध पार्दै आएका छन्। निर्माणको जिम्मा लिएका ठेकेदारले भने निर्माणको सडक छेउछाउका पुराना संरचना, ढल र पानीको लाइन व्यवस्थापन नभएकाले काममा विलम्ब भएको बताउँछन्। अहिले भने समस्याको जड पहिचान गर्दै गोदावरी नगरपालिकाले सडक छेउछाउका त्यस्ता संरचना भत्काउन नापजाँच सुरु गरेको छ।

पहिलो चरणमा गोदावरी नगरपालिकाको चापागाउँ–ताखेल सडक खण्डका करिब २० वटा घरका नापजाँच गरिसकिएको नगरप्रमुख गजेन्द्र महर्जनले अन्नपूर्णलाई जानकारी दिए। सडकका छेउमा रहेका जयराम थापा, रमेश आचार्य, रामेश्वर लामिछाने, भूपेन बस्नेत, सन्तोष लामिछाने, जर्नादन चालिसे, रामभक्त महर्जन लगायतका करिब २० जनाका घरका नापजाँच सकिएको हो। चापागाउँको जनभावना क्याम्पसदेखि ताखेलसम्मका कम्तिमा ३० घर भत्काउनुपर्ने देखिएको महर्जनले बताए।

भत्काइएका घरको मूल्यांकन हेरेर मुआब्जाको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए। चापागाउँमा मात्रै अझै १५, १६ वटा घर भत्काउनुपर्नेछ। त्यसपछि ठेचो, सुनाकोठी क्षेत्रमा बिस्तार हुने जनाइएको छ। मेयर महर्जनले पालता बस्ती भएका संभावित ठाउँबाट घर भत्काएर सडक बिस्तार गर्न सुरु गर्ने योजना रहेको जानकारी दिए।

चापागाउँ १० का अध्यक्ष दर्शनकुमार बिष्टले आफ्नो वडामा शुक्रबारदेखि नापी पुगेको जनकारी दिए। ‘शुक्रबार पाँच, छ वटा घरको नापजाँच भयो। तर हालसम्म कम्तिमा २० वटा घरका नापजाँच गरी मूल्यांकनका लागि लगिएको छ’, उनले भने, ‘चापागाउँ गाविसमा जनघनत्व धेरै भएकाले दुईवटा वडा बनाइएको छ। ११ नम्बरको हकमा अझै नापी हुन बाँकी छ।’

ठेचो, चापागाउँ लगायतका क्षेत्रका सम्पूर्ण विवरण एकठाउँमा भएकाले मुआब्जाका लागि निवेदन छुट्याउने काम भइरहेको छ। तर सबैको कागजपत्र एकैठाउँमा हुँदा काम गर्न असजिलो भएको वडाले जनाएको छ। विष्टका अनुसार यस क्षेत्रमा सरकारी दर अनुसार ढलान घरलाई प्रतिस्वायर फिट २३÷२४ रुपैयाँ उपलब्ध गराउने भनिए पनि आनाको सात लाख रुपैयाँसम्ममा बिक्री भइरहेको छ। ‘कुनै ठाउँमा आनाको ३० देखि ३५ लाख पनि छ’, उनले भने। ललितपुरका प्रदेश सांसद चेतनाथ सञ्जेलले मुआब्जाका लागि जिल्लामा डेढ करोड रुपैयाँ निकासा भएको र सो रकम बाँडेर काम सुरु गर्न चाहेको बताए। प्रमुख चुनौतीको रूपमा सुनाकोठीतिरका सडक रहेको जानकारी उनले दिए। बाटो ढाकेर पाटी र नयाँ घर बनाइएका कारण समस्या बढेको भनाइ उनको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.