इँटा प्रहार गरी साथीको हत्या गर्ने चार पक्राउ

इँटा प्रहार गरी साथीको हत्या गर्ने चार पक्राउ

राजविराज : आफ्नै साथीको हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरी प्रहरीले दुई महिलासहित चारजनालाई सोमबार सार्वजनिक गरेको छ। राजविराज नगरपालिका ६ की ४५ वर्षीया एकल महिला आशादेवी देवको हत्या आरोपमा सोही ठाउँकी ३५ वर्षीया मुन्नीदेवी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शंकर राउत मेहतर र २६ वर्षीय सुरज राउत मेहतरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले एउटै व्यवसायमा संलग्न देवलाई व्यावसायिक रिसिबीकै कारण निजकै कोठामा इँटा टाउकोमा प्रहार गरी हत्या गरेको खुलासा गरे।

जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध आइतबार कर्तव्य ज्यानको उजुरी दर्ता गरी पाँच दिनको म्याद थप गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुख विष्टको निवाससँग जोडिएकै घरमा एक्लै बस्दै आएकी देवको घरको पूर्व सामुन्ने डीएसपी भावेश रिमाल र इन्स्पेक्टर हेमन्त भण्डारी क्षेत्री र गुरुप्रसाद तिमिल्सिनाको निवास रहेको छ। रक्ताम्य उनको शव दसैंको टिकाका दिन बिहान देवकै ओछ्यानमा फेला परेको थियो।

 
रगत लागेको इँटा र देवले प्रयोग गर्ने मोबाइल, डायरी प्रहरीले बरामद गरेपछि कल डिटेल्स र सम्पर्क व्यक्तिसँगको सोधपुछ पछि प्रहरीले चारजनालाई पक्राउ गरी उजुरी दर्ता गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.