बलात्कारको आरोपमा तीन बालकलाई जेल सजाय

बलात्कारको आरोपमा तीन बालकलाई जेल सजाय

गाईघाट : उदयपुरको पश्चिमी भेगकी १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार (बलात्कारको प्रयास) गरेको कसुरमा तीन बालकलाई जिल्ला अदालतले १५ दिन कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आइतबार १०, ११ र १३ वर्षीय तीनैजना बालकलाई यौन दुव्र्यवहरा गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो। 

कसुरदार सबै बालक रहेकाले अदालतले यस्तो फैसला सुनाएको हो। बालिकालाई  तीनै बालकले  २०७५ असार १ गते विद्यालयबाट घर फर्कनेक्रममा बलात्कारको प्रयास गरेका थिए। घटनाको २० दिनपछि पीडितले विद्यालयका अन्य साथीलाई सबै कुरा सुनाएपछि घटना बाहिर आएको हो।

 बालिकाका साथीले घटनाको बारेमा अभिभावकलाई भनेपछि पीडित परिवारले असार २१ गते इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका थिए। उनीहरुलाई प्रहरीले असार २३ गते पक्राउ गरेकोमा अदालतले साउन ८ गते नाबालक रहेको भन्दै पुर्पक्षका लागि अभिभावकलाई जिम्मा दिने आदेश दिएको थियो।                                    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.