कांग्रेस महासमिति भेला व्यवस्थापनका लागि पाँच उपसमिति

कांग्रेस महासमिति भेला व्यवस्थापनका लागि पाँच उपसमिति

काठमाडौं : नेपाली कांग्रेसले महासमिति भेलाको तयारी तीव्र बनाएको छ। महासमितिको भेला  व्यवस्थापनका लागि कांग्रेसले पाँच उपसमिति बनाएको छ। कांग्रेसले महासमिति बैठकका लागि उपसमिति गठन गरी कामको बाँडफाँट पनि गरेको छ।

पाँच उपसमितिमा भोजन व्यवस्थापन ,मञ्च तथा प्रचार प्रसार व्यवस्थापन ,स्वयंसेवक व्यवस्थापन, स्थानीय व्यवस्थापन र आर्थिक व्यवस्थापन रहेका छन्। 

मंगलबार बसेको बैठकले भक्तपुरका सचिव उद्धव सिलवालको नेतृत्वमा भोजन व्यवस्थापन उपसमिति बनाएको छ।यस्तै, काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति बनेको छ। 

ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन बनेको छ भने भक्तपुरका सचिव निशान ढुंगेलको संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति बनेको छ। त्यस्तै आर्थिक व्यवस्थापन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिलाई जिम्मा दिने निर्णय भएको कांग्रेसले  जानकारी दिएका छन्।भेलामा देशभरका १४ सय महासमिति सदस्य सहभागी हुनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.