उदयपुरको मूर्ति खोलामा गोही भेटियो

उदयपुरको मूर्ति खोलामा गोही भेटियो

गाईघाट : संरक्षणको अभावमा लोप हुँदै गएको गोही उदयपुरको एक खोलामा फेला परेको छ। जिल्लाको पूर्वि क्षेत्र बेलका नगरपालिका ३ स्थित मूर्ति खोलामा गोही भेटिएको हो। ५ फिट ३ इन्च लम्बाई रहेको गोही दुई फिट मोटाईको रहेको छ।

स्थानीयले माछा मार्नेक्रममा गोही फेला पारेपछि इलाका प्रहरी कार्यालय रामपुरलाई खबर गरेका थिए। प्रहरीले गोही उद्दार गरी इलाका वन कार्यालय लालबजारलाई जिम्मा लगाएको ईप्रका रामपुरका प्रहरी निरीक्षक नविन सिंहले बताए। उनले वन्यजन्तु संरक्षण गर्ने जिम्मा वन कार्यालयको भएकाले जिम्मा लगाएको बताए। घाँटीमा चोट लागेको अवस्थामा फेला परेको गोही तत्काल उपचार गर्नुपर्ने भएकाले पुन : खोलामा नछोडी वन कार्यालयलाई बुझाइएको सिंहले बताए।

घाइते गोहीको उद्धारपछि कोशी टप्पु वन्यजन्तु आरक्षमा जिम्मा लगाईने तयारी भएको डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए। ‘घाइते नभएको भए कोसीकै सानो भङ्गालोमा छाड्ने थियौ तर गोहीको शरिरमा चोट भएकाले आरक्षलाई जिम्मा लगाउने व्यवस्था मिलाइयो,’ उनले भने।

 वन अधिकृत आचार्यले कोशी टप्पु आरक्षमा केही महिना घाइते गोहीको उपचार गरेर निको भएपछि प्राकृतिकरुपमा छाडिने बताए। गोही कोसी नदी हुँदै मूर्तिखोलासम्म आईपुगेको हुनसक्ने वन कार्यालयको अनुमान छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.