लागूऔषधसहित पाँच पक्राउ

लागूऔषधसहित पाँच पक्राउ

गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले लागूऔषधसहित पाँजजनालाई पक्राउ गरेको छ। मंगलबार राति ९ बजेतिर रेसुंगा नगरपालिका-२ वाख्रेछेडास्थित पूर्णबहादुर थकालीको घरमा लागूऔषध सेवन गरी होहोल्ला गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दिपक कुमार बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका-८ का २६ वर्षीय विजय लिम्बू, मुसिकोट नगरपालिका-८ गुल्मीका १९ वर्षीय विपिन ठकुरी, रेसुंगा नगरपालिका-२ का १९ वर्षीय नविन विक, सोही ठाउँकै १८ वर्षीय वेवेक गुरुङ , मुसिकोट नगरपालिका-३ का १८ वर्षीय विशाल रायमाझी रहेका छन्।

उनीहरुको साथबाट ८० ग्राम हरियो गाँजा, चरेसजस्तो देखिने धूलो २० ग्राम, पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाँजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषधमा संलग्नलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.