भारतबाट लागुऔषध भित्र्याउँदै गर्दा पक्राउ
राजविराज : भारतबाट लागुऔषध बोकेर आएका एक युवक पक्राउ परेका छन् । राजविराज नगरपालिका–१० का २० वर्षीय प्रिन्सकुमार मण्डललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित खाँडोखोला पुल नजिकैबाट प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले मण्डललाई पक्रो गरेको थियो ।
मण्डलको साथबाट प्रहरीले २६ वटा नाईट्रोभेट ट्याब्लेट र एउटा डाईलेक्स नामक कफ सिरफ बरामद गरेको बताएको छ । उनले भारतको बिहार राज्यस्थित कुनौली नाकाबाट लागु औषध खरिद गरेर ल्याएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
५