अशक्त महिला बलात्कार गर्ने पक्राउ
![अशक्त महिला बलात्कार गर्ने पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_VBOpyVNuj0.jpg)
गाईघाट : ४५ वर्षीया अशक्त महिला (बोल्न नसक्ने) लाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरका एक युवालाई बुधबार पक्राउ गरेको छ। जंगलमा एक्लै गएको मौका छोपी बलात्कार गरेको उजुरीका आधारमा साउने प्रहरी चौकीले त्रियुगा नगरपालिका १४ साउनेका २० वर्षीय किशोर नेपालीलाई राति १ बजे पक्राउ गरेको हो।
पक्राउ परेका नेपालीविरुद्ध पीडितका परिवारले बुधबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको एसपी चन्द्रदेव राईले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)