९६ वर्षीया महिलाले साक्षरता परीक्षामा ल्याइन् सयमा ९८ अंक

९६ वर्षीया महिलाले साक्षरता परीक्षामा ल्याइन् सयमा ९८ अंक

केरल : भारतको केरल राज्यमा ९६ वर्षीया एक महिलाले साक्षरता परीक्षामा १०० मा ९८ अंक ल्याएर रोचक कीर्तिमान बनाएकी छन् । केरल सरकारले 'अक्षरालक्ष्यम' साक्षरता अभियान चलाइरहेका बेला वृद्धाको यो सफलता प्रेरणादायी भएको छ ।

कर्त्यायनीअम्मा यस साक्षरता परीक्षामा सामेल हुने सबैभन्दा वृद्धा पनि हुन् । परीक्षा दिँदै गरेको कर्तयायनीको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।  

भारतीय अनलाइन द हिन्दुका अनुसार कर्त्यायनी १० अगस्ट पुरै राज्यभर भएको यस परीक्षामा सहभागी भएकी थिइन् । हालै मात्र यसको नतिजा बाहिरिएको छ। यसमा ४३,३३० परीक्षार्थी सहभागी थिए । जसमा ९९.०८ प्रतिशत अर्थात् ४२९३३ पास भए। कर्त्यायनीलार्इ यही बिहीबार त्यहाँका मुख्यमन्त्री पिनराई विजयनले सम्मान गर्दैछन् । 

गणित र बाचनमा पुरै अंक

परीक्षा तीन वर्गमा हुने गरेको छ। यसमा लेखन, बाचन र गणित सामेल छन् । कर्त्यायनीलार्इ लेखनतर्फ ४० मा ३८ अंक मिलेको छ । अर्कातिर बाचन र गणितमा उनलार्इ पुरै अंक मिलेको छ। 

यो सफलतापछि उनले १०० वर्ष पुग्दा १० कक्षाको समकक्ष परीक्षा पास गर्ने लक्ष्य लिएकी छन् । कर्त्यायनीका अनुसार उनले परीक्षाको राम्रो तयारी गरेकी थिइन् । यसैले प्रश्नपत्र सजिलै हल गर्न सफल भइन् । उनले १०० वर्षको उमेरमा १० कक्षाको समकक्ष परीक्षा पास गर्ने धोको रहेको सुनाइन् । 

निरक्षरता समाप्ति अभियान

केरल सरकारले यस वर्ष गणतन्त्र दिवसमा 'अक्षरालक्ष्यम' साक्षरता अभियान थालेको थियो । यसको उद्धेश्य राज्यमा साक्षरता दर बढाउनु रहेको छ । यस अभियानका क्रममा राज्यमा २१ हजार ९०८ वार्डमा २,०८६ सिकाइ केन्द्र खोलिएको छ । सरकारले अबको चार सालमा राज्यका सबै १८.५ लाख निरक्षरलार्इ साक्षर बनाउने अभियान थालिसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.