मुख्यमन्त्री–मन्त्री बैठकमै भनाभन

मुख्यमन्त्री–मन्त्री बैठकमै भनाभन

हेटौंडा : मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ । आफूमाथि मन्त्री स्थापितले गालीगलौज गरेपछि मुख्यमन्त्री पौडेल उनलाई हटाउने लबिङ गर्न काठमाडौं गएका छन् ।

बैठकमा भनाभन भएपछि स्थापितलाई हटाउने निचोडमा मुख्यमन्त्री पुगेको उनको सचिवालयले जनाएको छ । बैठकमा मुख्यमन्त्रीले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको काम सुस्त भएको बताएपछि स्थापितले प्रतिवाद गरेका थिए ।

बैठक सकिनै लाग्दा स्थापित एक्कासि आक्रोशित भएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । ‘बैठक सकिनै लागेको थियो, भौतिक मन्त्रालयको कुनै एजेन्डा पनि थिएन’, उनले भने, ‘मेरो एउटा कुरा छ भन्दै मन्त्री स्थापितले आफ्ना असन्तुष्टि राख्नुभयो, कुरा राख्दै जाँदा गालीगलौजमा समेत उत्रिएपछि बैठकको माहोल बिग्रियो ।’

‘मन्त्री स्थापितले संसदीय र मन्त्रीको पनि मर्यादा राख्न सक्नुभएन’, एक मन्त्रीले भने, ‘यो अवस्था हेर्दा दुवै जना एकै क्याबिनेटमा बसेर काम गर्न सक्ने अवस्था छैन ।’

बुधबारको बैठकमा सहकारीसम्बन्धी ऐन, जिल्ला समन्वय समितिको कार्यक्षेत्र, नीति तथा योजना आयोगका कामबारे छलफल भएको थियो । बैठकमा आर्थिक मामिलामन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुनमन्त्री जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपाल र भौतिक पूर्वाधार मन्त्री केशव स्थापित सहभागी थिए ।

स्थापितसँगको विवादपछि मुख्यमन्त्री पौडेल बिहीबार दिउँसो काठमाडौं गएका हुन् । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बुझ्न काठमाडौं गएको बताइए पनि यात्राको उद्देश्य स्थापितलाई हटाउने लबिङ गर्नु रहेको उनको सचिवालयका एक सदस्यले दाबी गरे ।

उनीसँगै आर्थिक मामिलामन्त्री ढुंगेल र आन्तरिक मामिलामन्त्री जमकट्टेल पनि काठमाडौं गएका छन् । काठमाडौं पुगेलगत्तै पौडेलले प्रधानमन्त्रीसँग भेट गरेको उनका स्वकीय सचिव अनुप दाहालले बताए ।

मैले गाली गरेको छैन : स्थापित

स्थापितले भने आफूले गालीगलौज नगरेको दाबी गरेका छन् । ‘मैले आफ्ना कुराहरू राखेको हुँ, मेरो अलि स्वर ठूलो छ’, उनले भने, ‘तर गालीगलौज गरको छैन ।’ मन्त्रालयको काम सुस्त भएको मुख्यमन्त्रीले गुनासो गरेपछि तीन महिनाभित्र रिजल्ट देखिने गरी काम गर्ने आफूले बताएको स्थापितले बताए । आफूलाई मुख्यमन्त्रीले हटाउने कुरा हल्ला मात्रै भएको उनको दाबी छ । ‘मन्त्रिपरिषद् बैठकमा केही चर्काचर्की भएकोचाहिँ हो । तर त्यही कुारलो मलाई हटाउने भन्ने कुरा निराधार छ’, उनले भने ।

पौडेललाई मुख्यमन्त्री बनाउन स्थापितले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बुधरबार मन्त्रिपरिषद् बैठकअघि मन्त्री स्थापित र मुख्यमन्त्री पौडेलबीच एक घण्टा लामो छलफल भएको थियो । ‘मसँगको भेटमा पनि काम भएन भन्नुभयो । क्याबिनेटमा पनि भन्नुभयो र सार्वजनिक कार्याक्रममा पनि मेरो मन्त्रालयको काम नभएको भनेर कुरा राख्नुहुन्छ’, स्थापितले भने, ‘मेरो मन्त्रायलको कामबारे उहाँलाई अलि चर्को स्वरमा जानकारी गराएको मात्र हुँ ।’

एक साताअघि मात्र स्थापितमाथि एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । काठमाडौं महानगरकी एक महिला कर्मचारीले सामाजिक सञ्जालमार्फत पूर्वमेयर स्थापितले १५ वर्षअघि आफूमाथि यौन हिंसा गरेको आरोप लगाएको बताएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.