उपाधिका लागि पाटन र मेलौली भिड्ने

उपाधिका लागि पाटन र मेलौली भिड्ने

बैतडी  : बैतडीको देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग (एनपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि पाटन नगरपालिका र मेलौली नगरपालिका भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल आआफ्नो सेमिफाइनल खेलमा जित हात पार्दै पाटन र मेलौलीले फाइनलमा भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा पाटनले सिगास गाउँपालिकालाई सात विकेटले पराजित ग¥यो ।

निंगलासैनी खेलमैदानमा पहिले ब्याटिङ गरेको सिगास १६.४ ओभरमा ७९ रनमै समेटिएको थियो । ८० रनको लक्ष्य पाटनले ११.१ ओभरमा मात्रै तीन विकेट खर्चेर भेट्टाएको थियो । पाटनलाई विजयी बनाउन ब्याटिङतर्फ विकास विष्टले अविजित ३४ रनको योगदान गरेका थिए । सुवास विष्टले तीन विकेट लिएका थिए । सिगासका लागि भने लोकेन्द्र रावलले २७ रनको योगदान गरे पनि जित सम्भव भएन । जितसँगै पाटनले प्रतियोगितामा आफूलाई अपराजित राखेको छ ।

यसैगरी दोस्रो सेमिफाइनल खेलमा किरण ठगुन्ना र कृष्णदेव भट्टको उत्कृष्ट ब्याटिङ प्रदर्शनको मद्दतमा दशरथ चन्द नगरपालिकाको ‘सी’ टोलीलाई सात विकेटले नै पराजित गर्दै मेलौली नगरपालिकाले फाइनलमा पाटनसँगको भेट पक्का गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दशरथ चन्द ‘सी’ ले सुरेन्द्र बीसीको ४८ तथा नरेश नाथको ३७ रनको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ४८ रनको योगफल तय गरेको थियो । यद्यपि मेलौलीले १४.३ ओभरमा मात्रै तीन विकेट गुमाएर जित निश्चित ग¥यो । टोलीको जितमा किरणले ५० रनको अर्धशतकीय पालीको योगदान गरे । यस्तै कृष्णदेवले अविजित ४९ रन बनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.