ज्याक माबारे थाहा पाउनुु पर्ने चार तथ्य
१) उनी अंग्रेजी पढाउने शिक्षक थिए
पूर्वी चीनको हान्जोउको गरिब परिवारमा जन्मिएका ज्याक आफ्नो करिअरको सुुरुआती दिनहरूमा शिक्षण गर्थे। विलियनर हुुनुुपूर्व उनी अंग्रेजी विषयका प्राध्यापक थिए। जागिर खोज्ने क्रममा उनलाई केएफसीलगायत विभिन्न ३० ठाउँबाट काममा राख्न अस्वीकार गरिएको थियो। उनले आफ्नो पहिलो कम्प्युुटर ३३ वर्षको उमेरमा किनेका थिए। साथीहरूसँग मिलेर दुुई दशकअघि अनलाइन मार्केटमा पनि हात हालेका थिए।
२) उनी अत्यधिक धनी छन्
ज्याक मा चीनको तेस्रो सबैभन्दा धेरै धनी व्यक्ति हुुन्। सन् २०१७ मा फोर्ब्सले सार्वजनिक गरेको तथ्यांकका अनुुसार उनीसँग ३६.६ विलियन डलर छ। अलिबाबामा उनको ९ प्रतिशत लगानी रहेको छ।
३) दानमा दिल
‘ज्याक मा फाउन्डेसन’ मार्फत आफू परोपकारी काम लाग्ने गरेको बताउँछन्, उनी। तीन वर्षपछि चीनको ग्रामीण भेगमा शैक्षिक क्रियाकलापको १० वर्षे योजना थाल्ने फाउन्डेसनले बताइसकेको छ। त्यसका लागि ३० मिलियन डलर खर्चिर्ने पनि फाउन्डेसनले वचन दिएको छ। हालै ‘ब्लुुमबर्ग’सँगको एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले विल गेट्सबाट थुुप्रै कुुरा सिक्न सक्छुु।’
४) ट्रम्प र ज्याक मा उस्तैउस्तै देखिन्छन्
गत वर्षको जनवरीमा आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेको उनले बताएका थिए। भेटघाटका क्रममा अमेरिका–चीनको सम्बन्धलाई अझै प्रगाढ बनाउने सहमति भएको बताइयो। त्यो समयमा ट्रम्पले उनलाई ‘विश्वकै एक महान् व्यापारी’ जसले अमेरिका र चीन दुुवै देशलाई उत्तिकै माया गर्छ भन्दै माको स्वागत गरेका थिए।
स्रोतः बीबीसी
प्रतिक्रिया दिनुहोस !