लागूऔषधसहित चार पक्राउ

लागूऔषधसहित चार पक्राउ

विराटनगर : प्रहरीले मोरङ र सुनसरीबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको टोलीले सुनसरीको धरान उपमहानगरपलिका- २ का २३ वर्षीय मोहम्मद यासिफ अली र विराटनगर महानगरपलिका- १७ का १९ वर्षीय सुवास रामलाई पक्राउ गरेको हो।

विराटनगरको विराटनर्सिङ होम नजिक शंकास्पद अवस्थामा हिंडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा साथबाट ६० एम्पुल एभिल, ५३ एम्पुल लुपिजेसिक र ५६ एम्पुल डाइजेल्याव नामक लागूऔषध बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए। 

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका- ८ स्थित तीनकुने चौकबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। धरान ११ का २१ वर्षीय मनिष राई र धरान ६ का २३ वर्षीय दिपक राईलाई प्रहरीले पक्राउ गरेको हो।

इटहरीबाट धरानतर्फ जाँदै गरेको बसमा सवार रहेका उनीहरुका साथ बिहीबार साँझ लागूऔषध नाइट्रोसन ट्याब्लेट ३० चक्की र स्पास्मोप्रोक्सिभन २० चक्की बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्धा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइको प्रहरीले जनाएको छ । 

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.