केशव स्थापितले भने : मलाई मन्त्रीबाट हटाएको थाहा छैन
काठमाडौँः प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितले आफूलाई जिम्मेवारीबाट हटाइएकोबारे जानकारी नरहेको बताएका छन् । मूख्यमन्त्री डोरमणि पौडेलले पदबाट बर्खास्त गरेको बारे अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै स्थापितले भने, ‘ए होर ! मलाई त यसबारेमा केही थाहा छैन, म बुझेर खबर गरौँला ।’
बुधबार बसेको प्रदेश ३ को मन्त्रिपरिषद् बैठकमा मन्त्री स्थापितले मुख्यमन्त्री पौडेलमाथि गाली गरेको आरोप लागको थियो । त्यसपछि मूख्यमन्त्री पौडेल स्थापितलाई मन्त्रीबाट हटाउन नेकपा नेतृत्वसँग छलफलका लागि बिहीबार काठमाडौँ आएका थिए ।
मन्त्री स्थापितले भने आफ्नो स्वर जन्मजात नै ठुलो भएको बताउँदै गाली गरेको नभइ ठुलो स्वरले मात्रै बोलेको प्रतिक्रिया दिएका थिए ।