राजनेताले जनतालाई बन्धक बनाए : रविन्द्र मिश्र

राजनेताले जनतालाई बन्धक बनाए : रविन्द्र मिश्र

 विराटनगर : विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राजनेताले नेपाली जनतालाई बन्धक बनाएको आरोप लगाएका छन्।

जनतालाई बन्धक बनाएर नेताले व्यक्तिगत स्वार्थमा लागेको बताउँदै उनले भने,‘नेताहरु मतदातालाई बन्धक बनाएर स्वार्थ पूरा गर्न लागेको मुलुकको विकास हुन नसकेको हो।’

संगठन विस्तारको कामले विराटनगर आएका उनले पत्रकार सम्मेलन गरी राजनीतिक परिवर्तन गर्ने आफू राजनीतिमा होमिएको बताए। 

मिश्रले मतदाताले स्वतन्त्रपूर्वक मतदान गर्नेतर्फ अग्रसर नभएसम्म मुलुकको विकास हुन नसक्ने बताए। मतदाताले आफू र परिवारलाई दुःखी बनाएर मतदात गरी नेतालाई खुशी बनाउने कामको अन्त गर्नु पर्ने आवश्यकता भएको औंल्याए। 

‘मतदाता स्वतन्त्र भएर गुण र दोषको अधारमा मतादात गरे मात्र मुलुकमा विकासले गति लिनेछ’, उनले भने। 

अहिले जनतामा घोर निरासा छाएको बताउँदै राजनीतिक दलले जनता प्रति देखाउने व्यवहार नै बिडम्बना भएको आरोप लगाए। जनताको अपेक्षा पूरा गर्ने सम्बन्धमा केही पनि गर्न नसकेको सरकार र उस्तै प्रतिपक्षका कारण अब वैकल्पिक शक्ति नरोजी जनताले सुखै नपाउने उनले दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.