तिहारमा फूलको साटो फेब्रिकको माला

तिहारमा फूलको साटो फेब्रिकको माला

ताप्लेजुङ : तिहारलाई फूलैफूलको पर्वको रुपमा परिचित छ। अत्यधिक फूलको प्रयोग हुने भएकाले तिहारलाई फूलको पर्व भनिएको हो। यो चाडमा हरेक नेपालीका घर फूलले सजिन्छन्। पहिले सयपत्री, मखमली र गोदावरी फूलको माला मात्रै प्रयोग गरिन्थ्यो। तर, पछिल्लो समय कृत्रिम माला पनि प्रशस्त मात्रामा बजारमा आउन थालेका छन्।

यस वर्षदेखि ताप्लेजुङका महिलाले हातले बुनेको फेब्रिकको माला बजारमा ल्याएका छन्। जिल्लाबाहिरबाट भित्रिने प्लास्टिकका मालाभन्दा कच्चापदार्थ खरिद गरी घरैमा बुनिएको फेब्रिकको माला ग्राहकले रुचाएको फुङलिङकी उद्यमी मात्रिकादेवी प्रसाई बताउँछिन्। ‘सीप सिकेर यसै वर्षबाट माला बुन्न सुरु गरेका हौं,’ प्रसाईले भनिन्, ‘धेरैले मन पराउनुभएको छ।’ उनले ताप्लेजुङ हस्तकला उद्योगमार्फत माला बजारमा ल्याएकी हुन्।

यस वर्ष तिहार ढिलो भएको र फूल छिटो फूलेकाले पनि फेब्रिकका मालाको माग बढी रहेको अर्की उद्यमी मिना विष्ट बताउँछिन्। यस्ता माला सयपत्रीका जस्तै हेर्दा निकै आकर्षक देखिन्छन्। मान्छेले लगाउन, झ्यालढोकामा, विवाह र विभिन्न कार्यक्रममा गरिने स्वागत सत्कारमा खादाको सट्टामा समेत प्रयोग गर्न सकिने विष्टको भनाई छ। २ मिटरको एउटा मालाको मूल्य १ सय ५० सम्म पर्छ। १ दिनमा ६ देखि ८ वटासम्म माला बुन्न सकिने उनले बताइन्। ‘मजदुरी गरेर छोराछोरी पढाउनुपर्ने बाध्यता छ’, फुङलिङकै इन्दिरा बरालले भनिन्,‘ अहिले यो माला बुन्ने सीप सिकेपछि घरमै बसेर काम थालेकी छु। यसबाटै आम्दानी हुन थालेपछि घर व्यवहार सहज हुँदैछ।’

ताप्लेजुङ हस्तकला उद्योगले माला बुन्न चाहानेलाई निःशुल्क कच्चा पदार्थ प्रदान गरेको छ। ‘मैलेनै काम गर्न चाहाने उद्यमीलाई कच्चा पदार्थ गर्छु, उनिहरुलाई कामको ज्याला पनि दिन्छु र माला समेत आफै खरिद गरिदिन्छु,’ उद्योगकी सञ्चालक प्रसाईले भनिन्,‘नयाँलाई पनि सिकाइरहेको छु।’ पाथीभरा तिर्थयात्रामा जानेहरुले पनि फेब्रिकको माला प्रयोग गर्न थालेको उनको भनाइ छ।

घरेलु कार्यालयले गत फागुनमा फेब्रिकको माला बनाउने तालिम प्रदान गरेको थियो। उद्यम सुरु गरेका र सुरु गर्न लागेका महिलाले हस्तकला जिल्ला संघ पनि गठन गरेका छन्। गृहिणीलाई घरै बसेर आम्दानी गर्नका लागि क्रिस्टलका गहना र फेब्रिकका माला बनाउने व्यवसाय सजिलो हुने वरिष्ठ प्रशिक्षक कमला सुवेदीले बताइन्।

‘सीप सिकेपछि कसैले पनि बेरोजगार बस्नुपर्दैन’, उनले भनिन्, महिलामा हात थाप्ने मात्र बानी छ, अब आफैं व्यवसाय गरेर सफल उद्यमी भएर देखाउनुपर्छ।’ ताप्लेजुङको पाथिभरामा प्लास्टिक माला अधिक प्रयोग हुन्छ। त्यसको सट्टामा स्थानीय उद्यमीले उत्पादन गरेको फेब्रिकको माला प्रयोग गरिदिन प्रसाईंले आग्रह गरिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.