आशा भोसलेको दिपावली गीत ‘रिमेक’ (भिडियाे)

आशा भोसलेको दिपावली गीत ‘रिमेक’ (भिडियाे)

सिमरा : दिपावलीको बेला हरेक घरमा गुन्जिरहने ‘दीयो बाली साँझको...’ गीतको गायिका आशा भोसले हुन् भन्ने धेरैलाई थाहा नहोला ! भारतीय लोकप्रिय गायिका आशा भोसलेको २८ वर्षअघि गाएको यो गीत नेपाली गायिका जमुना शर्माले रिमेक गरेकी छन् ।

२०४७ सालमा रिलिज भएको नेपाली चलचित्र चिनोमा सवेश गरिएको यस गीतको शब्द रचना तुलसी घिमिरेले गरेका हुन् भने ‘ओरिजिनल’ संगीत रञ्जित गजमेरले गरेका हुन् । भारतको मुम्बईमा बस्दै आएकी गायिका शर्माले संगीतकार रन्जित गजमेरको अनुमतीमा यो गीत फेरि गाएकी हुन् ।

भारतीय गायक कैलाश खेरको मुम्बईमा रहेको कैलाशा स्टुडियोमा रेकर्ड गरिएको यो गीत युट्यूबमा पनि दर्शक–श्रोताले मन पराएका छन् । गीतको भिडियो छायांकन मुम्बई र नेपालमा गरिएको थियो । भिडियोमा दिपावली गरिएको दृश्यमा पनौतीको उग्रचण्डी बोर्डिङ स्कुलमा छात्राले अभिनय गरेका छन् ।

यस्तै गायिका शर्माले गीत गाउँदै गरेको दृश्य भने मुम्बईको कैलाशा स्टुडियोको हो । दिपावलीलाई लक्षित गरी सार्वजनिक गरिएको नयाँ भर्सनको गीतको संगीत भने प्रमोद तिमिल्सिनाले गरेका हुन् । बाराको पथलैयाका जमुना र उनका श्रीमान समेत रहेका प्रमोद एक दशकदेखि मुम्बईको सांगितिक क्षेत्रमा काम गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.