४ वटा वडामा एउटै सचिव

४ वटा वडामा एउटै सचिव

डोटी : डोटी आदर्श गाउँपालिकाका गणेशराज ओझा ४ वटा वडामा सचिवको काम गर्छन्। प्रत्येक वडामा एक/एक जना सचिवको दरबन्दी रहे पनि कर्मचारी अभावमा ओझा एक्लैले ३, ४, ६ र ७ नम्बर सम्हाल्नुपर्ने बाध्यता छ। आदर्श गाउँपालिकाका ७ वडामध्ये ३ वटा वडामा मात्र दरबन्दीमा सचिव छन्।

४ वटा वडामा काम गर्न समस्या हुने गरेको ओझाले बताए। ‘प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा सरुवा भइसकेको थियो तर गाउँपालिकाबाट सहमति नदिँदा रोकियो’, ओझाले भने, ‘सचिवको कमी छ भन्दै अध्यक्षले सहमति दिएनन्।’

डोटीका ७ स्थानीय तहमा ६५ वडा छन्। तीमध्ये ३४ वटा वडामा मात्र दरबन्दीमा सचिव कार्यरत छन्। प्रायः सबै सचिवले अतिरिक्त वडाको काम सम्हालेका छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई समस्या हुने गरेको छ। शिखर नगरपालिका–६ मा काम गर्दै आएका सचिव खगेन्द्रप्रसाद भट्टले ५ नम्बर वडाको कामकाजसमेत सम्हालेका छन्। ‘प्रत्येक दिन दुइटै वडामा भ्याउन नसकिने भएकाले सेवाग्राहीलाई समस्या भइरहेको छ’, भट्टले भने, ‘एक वडाबाट अर्को वडामा जान करिब पाँच घण्टा लाग्ने गर्छ।’

डोटीका अन्य गाउँपालिकाका वडामा पनि एक वडा कार्यालयबाट अर्को वडा कार्यालयमा जान दिनभरि लाग्छ। अधिकांश वडा कार्यालयको कामकाज कार्यालयका प्राविधिक तथा कार्यालय सहयोगीले गर्नुपर्ने बाध्यता छ। सबै वडामा नायब सुब्बा स्तरका सचिव हुनुपर्ने व्यवस्था रहे पनि अधिकांश वडामा खरिदार स्तरकै कर्मचारी सचिवका रूपमा काम गरिरहेका छन्।

डोटीको एक मात्र पुरानो नगरपालिका दिपायल सिलगढी नगरपालिकामा जम्मा ९ वडा छन्। तीमध्ये दुई वटा वडामा मात्रै सचिव छन् भने सात वटामा विकासे कर्मचारीले वडा सचिवको काम गर्दै आएका छन्। डोटीका जोरायल गाउँपालिकाका ६ वडामध्ये ३ वटामा मात्रै सचिव छन् भने बड्डीकेदार गाउँपालिकाका ५ वडामा तीन वटामा सचिव कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.