अनमी नै डाक्टर

अनमी नै डाक्टर

बैतडी : बैतडीस्थित देहीमाडौं स्वास्थ्यचौकीकी अनमी हीरा बोहराले स्वास्थ्य सेवा दिँदै आएको २२ वर्ष पुगेको छ। उनले प्रसूति सेवा तालिम लिएकी छन्। तर, गाउँका मानिस उनलाई ‘डाक्टर सा’ब’ भनेर बोलाउँछन्।

‘डाक्टर सा’ब हामीले भन्नेबित्तिकै आउनुभयो, उहाँले प्रसूति सेवा दिएर मेरी बुहारीको ज्यान जोगियो’, स्थानीय आशाका ससुरा सुन्दरे लावडले भने, ‘नजिकै स्वास्थ्यचौकी हुँदा धेरै सजिलो भएको छ।’ हीरा घरमै गएर प्रसूति सेवा दिन्थिन्। भनिन्, ‘धेरै आमा र शिशुको ज्यान जोगाउन पाएकी छु। यसैमा आनन्द लागेको छ।’

गाउँका स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध भएपछि बैतडीमा मातृ र शिशु मृत्युदरमा निकै कमी आएको छ। ‘गाउँका मानिसले पनि स्वास्थ्य सेवाबारे बुझ्न थालेका छन्। समयमै स्वास्थ्य संस्थामा आउँदा जटिल खालका केस भए रेफर गर्न पनि सजिलो हुन्छ’, हीराले भनिन्

। ग्रामीण क्षेत्रमा तालिमप्राप्त अनमीले सेवा दिने गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन्। उनले भनिन्, ‘१० वर्षअघि १२ प्रतिशत मात्रै संस्थागत सुत्केरीको दर थियो। अहिले ६५ प्रतिशत आमाले स्वास्थ्य संस्थामा बच्चा जन्माउँछन्। यसले आमा र बच्चालाई बचाउन सजिलो भएको छ।’

गाउँमा सेवा दिने अनमीले चुनौती सामना गर्नुपरेको छ। कतिपय ठाउँमा बसोवासको व्यवस्था छैन भने कतै उपकरण अभाव छ। अनमीको सेवा प्रभावकारी बनाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने पब्लिक हेल्थ नर्स जोशीको भनाइ छ। कतिपय ठाउँमा करारमा काम गरिरहेका अनमीलाई तलबभत्ताको समेत समस्या हुने गरेको हीरा बताउँछिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.