बाख्राले रोक्यो बसाइँ

बाख्राले रोक्यो बसाइँ

धनकुटा : चौबिसे गाउँपालिकास्थित कुरुलेतेनुपाको बस्ती बसाइसराइका कारण पातलिएको छ। बर्सेनि एक दर्जन घर खाली भए। तर, तेनुपाका ४० वर्षीय दीपक दाहाल भने गाउँमै उद्यम गरेर बसेका छन्। ‘अरूले गाउँ छाडे पनि मलाई बाख्राले रोक्यो’, उनले भने, ‘मेरो निर्णय ठीक रहेछ।’ उनले जरुवा खोलानजिकै ४० रोपनी क्षेत्रफलमा लागर्चे एग्रो फार्म सञ्चालन गरेका छन्। उनले १ सय ८२ वटा बाख्रा पालेका छन्। १९ रोपनी जग्गा भाडामा लिएर उन्नत घाँस लगाएको उनले सुनाए।

उनले दुई जनालाई रोजगारी दिएका छन्। उनलाई बजारको समस्या छैन। मोरङ, उदयपुर, सुनसरीलगायत ठाउँबाट पाठापाठी खरिद गर्न किसान तथा व्यापारी यहीं आइपुग्छन्। उनले फार्ममा ५० लाख रुपैयाँ लगानी गरेका छन्। कृषि विकास बैंकबाट २० लाख र साथीभाइबाट १० लाख रुपैयाँ ऋण लिएको उनले सुनाए। ‘वित्तीय संस्थाबाट किसानलाई ऋण लिन गाह्रो हुने रहेछ’, उनले भने, ‘केही उद्यम गर्छु भन्दा बैंकले विश्वास गर्दो रहेनछ।’

उनले २०६९ मा स्थानीय जातका १० वटा पाठी खरिद गरेर बाख्रापालन सुरु गरेका थिए। २०७१ सम्म आइपुग्दा बाख्राको संख्या ३ सय पुग्यो। व्यावसायिक ज्ञान नहुँदा १ सय ३ वटा बाख्रा मरेको दुखेसो उनले सुनाए। ‘त्यसबाट ६ लाख रुपैयाँ ऋण लाग्यो’, उनले भने, ‘तर, मैले हिम्मत हारिनँ। डुबेको लगानी यही व्यवसायबाट उठाउने अठोट लिएर मिहिनेत गरिरहें।’

उनले जिल्ला पशुसेवा कार्यालयका डा. झविन्द्र मरासिनीलाई बोलाए। फार्म रहेको स्थान ओसिलो रहेको हुँदा बाख्रालाई निमोनिया भएको पत्ता लाग्यो। उनले मरासिनीको सल्लाहमा फार्मको स्थान सारे। पर्याप्त चरण रहेकाले पशुपालनबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ। गत वर्ष १० लाख रुपैयाँ नाफा गरेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.