शिक्षक कार्यालय सहयोगी पनि

शिक्षक कार्यालय सहयोगी पनि

जाजरकोट : जिल्लाको आदर्श माध्यमिक विद्यालय लुहादहमा सात वर्ष शिक्षण गरेका जुनीचाँदे गाउँपालिका–४ लुहादहका ५३ वर्षीय भीमबहादुर खड्का कार्यालय सहयोगी छन्। ०४५ सालमा निजी शिक्षकका रूपमा विद्यालयमा प्रवेश गरेका उनले घरायसी समस्याका कारण तीन वर्ष मात्र पढाए। त्यतिखेर उनले मासिक एक हजार चार सय तलब पाउँथे। ०५६ सालमा पुनः चार वर्ष पढाए। उनको तलब थियो दुई हजार दुई सय। त्यहीबेला श्रीमतीको मृत्यु भयो। घर व्यवहार सम्हाल्न कठिन भएपछि निजी शिक्षकको जागिर छाडेको उनले बताए।

खेतीकिसानी गरेर घरखर्च नटर्ने र ज्यालामजदुरी पनि गर्न नसकेपछि उनले ०६६ सालमा सोही विद्यालयमा कार्यालय सहयोगी भएर काम गर्न थाले। कार्यालय सहयोगी भए पनि शिक्षक अभावमा उनी कक्षा १० सम्म पढाउँछन्। उनको सरकारी दरबन्दीको शिक्षक भएर विद्यालयमा पढाउने ठूलो धोको थियो। भीमबहादुरले यसै अवधिमा नेपाली विषयमा शिक्षाशास्त्रमा स्नातक गर्नुका साथै १० महिने शिक्षक तालिमसमेत पूरा गरेका छन्।

९ वर्षदेखि कार्यालय सहयोगी रहेका खड्कालाई योग्यताअनुसार जागिर खाने मन छ तर उनले विद्यालयको कार्यालय सहयोगीमै चित्त बुझाउनुपरेको छ। भीमबहादुरको सरकारी जागिर खाने उमेर कटिसकेको छ। उनले मासिक ७ हजार ५ सय तलब पाउँछन्। अध्यापन अनुमतिपत्रको अभाव, धेरै उमेर र पहुँच नहुँदा योग्यताअनुसार जागिर नपाएको उनको गुनासो छ। ४९ वर्षको उमेरमा ०७१ सालमा जिल्ला सदरमुकाम खलंगाको भेरी ज्ञानोदय क्याम्पसबाट बीएड गरेका खड्काले जागिरका लागि धेरै ठाउँमा धाए पनि नपाएको बताए।

०४२ सालमा एसएलसी उत्तीर्ण उनी लामो समय गाउँकै विद्यालयमा निजी स्रोतको शिक्षक तथा कार्यालय सहयोगी भएर पढाउँदै पढ्दै गरेको बताए। प्रधानाध्यापक गणेशबहादुर खड्काले भीमबहादुरको शैक्षिक योग्यता भए पनि अध्यापन अनुमति पत्र नभएका कारण विद्यालयमा शिक्षकको अवसर आएर पनि जागिर दिलाउन नसकिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.