वैशाख २६ गतेदेखि काठमाडौंमा महामेला हुने
काठमाडौं : पाँचौ राष्ट्रिय महामेला आगामी बैशाख २६ गते देखि ३० सम्म काठमाडौंमा हुने भएको छ । नेपाल मौरी पालक महासंघ,नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यवसायीक किट विकास निर्देशनालयको संयुक्त आयोजनामा महमेला आयोजना गर्न लागिएको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पाँचौ राष्ट्रिय महामेला अन्तराष्ट्रिय औद्योगिक मेला तथा घरेलु उद्योग महोत्सवको व्यानरभित्रै हुने नेपाल मौरी पालक महासंघकी महासचिव जानुकादेवी थापाले जानकारी दि । स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान,मह विक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले उक्त मह मेलाको आयोजना गर्न लागिएको उनले बताए।
मेलामा मह काढ्ने तरिका,महसम्बन्धी सुचनामुलक जानकारी,नवीनतम प्रविधिहरूको प्रदर्शनी अन्तक्रिया,गोष्ठीलगायत हुने आयोजकले जनाएको छ ।