नुवाकोटमा ३६५ जनाको स्वास्थ्य परीक्षण
नुवाकोट : नुवाकोटको सल्लेमैदानमा निःशुल्क स्वास्थ्य उपचार शिविरमा ३६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। शिवपुरी गाउँपालिका र त्रिशूली अस्पतालको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो। शिविरमा हाइड्रोसिल, हर्निया, शल्यक्रिया, स्त्रीरोगको परीक्षण गरी निःशुल्क औषधि पनि प्रदान गरिएको छ।
१२ जनाको शरीरको गाँठागुठी निकालेको, आठ जनाको हाइड्रोसिलको शल्यक्रिया, एक सय १० जनाको भिडियो एक्सरे, १६ जनाको हर्नियाको उपचार गरिएको शिविरको नेतृत्व गरेका त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले जानकारी दिए।
शिविरमा त्रिशूली अस्पतालका प्रमुख डा राजेन्द्र लामासहित ७ जनाको चिकित्सकको टोलीले उपचार सेवा प्रदान गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
४