मेसीको अर्को कीर्तिमान

मेसीको अर्को कीर्तिमान

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक कीर्तिमान बनाएका छन्। आइतबार बिहान जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा गोल गर्दै उनले विश्वकप इतिहासमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन्।

अमेरिकाको टेक्सासस्थित डालासमा भएको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका ३९ वर्षीय मेसीले ८०औं मिनेटमा फ्रिकिकमार्फत आकर्षक गोल गरेका थिए। उनको यो गोलसँगै अर्जेन्टिनाले ३–१ को जित निकालेको थियो र समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। 

मेसीको लगातार गोल गर्ने यात्रा सन् २०२२ को कतार विश्वकपबाट सुरु भएको हो। उनले कतार विश्वकपमा अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसिया र फ्रान्सविरुद्ध गोल गरेका थिए। त्यसपछि २०२६ को विश्वकपमा अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका उनले अस्ट्रियाविरुद्ध दुई र जोर्डनसँगको खेलमा एक गोल गर्दै लगातार सात खेलमा गोल गर्ने नयाँ इतिहास रचेका हुन्।

यो उपलब्धिसँगै मेसीले फ्रान्सका जस्ट फोन्टेन र ब्राजिलका जाइर्जिन्होको लगातार छ विश्वकप खेलमा गोल गर्ने कीर्तिमानलाई पछि पारेका छन्। साथै जोर्डनविरुद्धको गोल उनको विश्वकप करियरको १९औं गोल पनि हो। विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको रूपमा उनले आफ्नो अग्रता अझ बलियो बनाएका छन्। मेसी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ताको सूचीमा पनि अग्रता स्थानमा छन्। 

यस विश्वकपमा उनले ६ गोल गरिसकेका छन्। उनले गोल्डेन बुटको प्रमुख दाबेदारका रुपमा आफूलाई उभ्याएका छन्। मेसीले अहिलेसम्म दुई पटक उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल अवार्ड जिते पनि गोल्डेन बुट भने जित्न सकेका छैनन्। सर्वाधिक गोलकर्ताका रुपमा मेसीलाई फ्रान्सका कप्तान काइलिन एमबाप्पे र उस्मान डेम्बेलेसँगै ब्राजिलका भिनिसियस जुनियर र नर्वेका एर्लिङ हालान्डले पछ्याइरहेका छन्। चारै खेलाडीले समान चार गोल गरेका छन्। 

विश्व फुटबलमा यसअघि पनि अनेकन कीर्तिमान बनाइसकेका मेसीले २०२६ विश्वकपमा पनि आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.