कोशीले जित्यो राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि

कोशीले जित्यो राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा आयोजित नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि कोशी प्रदेशले जितेको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा  आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशीले उपाधि उचालेको हो।

कोशीले दिएको ९९ रनको लक्ष्य पछ्याएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटियो। उसका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् भने रेवती धामीले १२ र ममता चौधरीले ९ रन बनाइन्। बलिङतर्फ कोशीका  रुबिना क्षेत्रीले ३ तथा, रिया शर्मा र निरु राजवंशीले समान २/२ विकेट लिए।
 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो। उसका लागि काजोल श्रेष्ठले सर्वाधिक ३८ रन बनाइन् भने प्रिन्सा रानाम मगरले १६ र रुबिना क्षेत्रीले १२ रन बनाइन्। बलिङतर्फ एपीएफका सबनम राई, सुमन बिष्ट र सीता राना मगरले समान एक–एक विकेट लिए। 

कोशीको जितमा रुबिना चन्दले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरिन्। रिया शर्माले २ तथा निरु राजवंशीले २ विकेट लिएपछि एपीएफ लक्ष्यमा पुग्न असफल भयो। फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ कोहीकी काजल श्रेष्ठ घोषित भइन्। उपाधि विजेता कोशीले ट्रफीसँगै नगद १ लाख रुपैयाँ पुरस्कार पनि पाएको छ। प्रतियोगिताको समान समारोहमा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवले विजेता र उपविजेता खेलाडीलाई ट्रफी र मेडल वितरण गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.