काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जेको खेलमा अर्जेन्टिनाले जोर्डनविरुद्ध पहिलो हाफमा २-० को अग्रता बनाएको छ।
डालास स्टेडियममा भएको खेलमा पहिलो हाफमा अर्जेन्टिनाले दुई गोल गरेको हो। खेलको १९औं मिनेटमा जिओभानी लो सेल्सोले पेनाल्टी बक्स बाहिर पाएको फ्रिकीलाई गोलमा परिणत गरेका हुन्।
२८औं मिनेटमा पेनाल्टी बक्समा अर्जेन्टिनाका खेलाडीमाथि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। खेलको ३१औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीमार्फत अग्रता दोब्बर बनायो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गरेका हुन्।
पहिलो हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना पूर्ण रुपमा हावी रह्यो आजको खेलमा लियोनल मेस्सी बेन्चमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !