समूह एल बाट इङ्ल्यान्ड समूह विजेता, क्रोएसिया उपविजेता
काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत समूह एल को खेल सकिएको छ। समूह एल बाट इङ्ल्यान्ड विजेता र क्रोएसिया उपविजेताको रुपमा नकआउट खेल्नेछन्।
उत्कृष्ट तेस्रो भित्र पर्दै क्रोएसियासँग पराजित भएको घाना पनि नकआउट चरणमा प्रवेश गरेको छ। न्युयोर्कको न्युजर्सी स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले पानामालाई २–० ले पराजित गरेको हो। इङ्ल्यान्डको लागि जुड बेलिङघम र ह्यारी केनले गोल गरे। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।
खेलको ६२ औं मिनेटमा जुड बेलिङघमले गोल गर्दै इङ्ल्यान्डलाई १-०को अग्रतामा ल्याएका थिए।खेलको दोस्रो गोल इङ्ल्यान्डका कप्तान ह्यारी केनले गरे। खेलको ६७ औ मिनेटमा ह्यारी केनले उत्कृष्ट हेडर मार्फत गोल गरे। पानामाले गोल फर्काउन सकेन। पानामा यो खेल अगाडि नै समूह चरणबाट बाहिरिसकेको थियो।
समूह एलको अन्तिम खेलको रुपमा रहेको क्रोएसिया र घानाको खेलमा क्रोएसियाले घानालाई २-१ ले पराजित गर्यो। फिलाडेल्फिया स्टेडियममा भएको खेलमा पहिलो हाफमा क्रोएसियाले गाना विरुद्ध १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा क्रोएसियाले १ गोल गर्दै १ गोल बेहोर्यो।
क्रोएसियाको लागि ३१ औं मिनेटमा पिटर सुसिकले गोल गर्दै अग्रता बनाएका थिए। पहिलो हाफ उनको गोल मार्फत क्रोएसियाले अग्रता बनायो।
खेलको दोस्रो हाफको ७३ औं मिनेटमा गानाका डेरिक लक्कासेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।खेलको ८३ औं मिनेटमा क्रोएसियाको लागि निकोला भ्लासिकले गोल गरे। यही गोल नै निर्णायक बन्यो।
यो समूहमा १ हार १ जित र १ बराबरी खेलेर घानाले ४ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । ४ अङ्क जोडेकाले उत्कृष्ट तेस्रो मध्ये एक टोली बन्दै घाना पनि नकआउट चरणमा प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस !