इजिप्ट समूह उपविजेता बन्दा न्युजिल्याण्डको विश्वकप यात्रा टुंगियो
न्युजिल्यान्डमाथि बेल्जियमको गोलको बर्षा, समूह विजेता बन्दै नकआउटमा
काठमाडौं : फिफा विश्वकप २०२६ को शनिबार भएको समूह जी अन्तर्गतको खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। भ्यानकुभरमा भएको खेलमा ५-१ गोलले बेल्जियम विजयी भएको हो।
खेलको पहिलो हाफमा बेल्जियमले १-० ले अग्रता बनाएको थियो। दोस्रो हाफमा बेल्जियमले ४ गोल थप्दै १ गोल बेहोर्यो ।
बेल्जियमको लागि खेलको २८औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा बेल्जियम सुरुवाती समयदेखि नै आक्रमक देखियो। बेल्जियमका लागि लियान्द्रो ट्रोसार्डले खेलको ५० औं मिनेटमा दोस्रो गोल गरे। खेलको ६६ औं मिनेटमा केभिन डे ब्रुयनले गोल गर्दै बेल्जियमलाई ३-०को स्थितिमा ल्याएका थिए।
न्युजिल्यान्डका लागि एलिजाह जस्टले खेलको ८४ औं मिनेटमा बेल्जियमविरुद्ध गोल फर्काए।
न्युजिल्यान्डले गोल फर्काएको दोस्रो मिनेटमा नै बेल्जियमका लागि रोमेलु लुकाकुले उत्कृष्ट गोल गरे। खेलको ९० मिनेटमा थप गरिएको इन्जुरी समय ६ मिनेटको चौथो मिनेटमा एलेक्सिस सेलमेकर्सले रोमेलु लुकाकुको सहयोगमा उत्कृष्ट गोल गरे।
बेल्जियम समूह विजेता बन्दा इजिप्ट समूह उपविजेता रहँदै नकआउट प्रवेश गरेको हो।
प्रतिक्रिया दिनुहोस !