अन्तिम खेलमा इरानसँग बराबरी खेल्दा इजिप्ट समूह उपविजेता बन्दै नकआउटमा

अन्तिम खेलमा इरानसँग बराबरी खेल्दा इजिप्ट समूह उपविजेता बन्दै नकआउटमा
सुन्नुहोस्

काठमाडौं : फिफा विश्वकप २०२६ को समूह जीको अन्तिम खेलमा इजिप्टले इरानसँग बराबरी खेल्दै अङ्क बाँडेको छ। सियाटल स्टेडियममा भएको खेलमा इरानसँग बराबरी खेल्दा इजिप्ट समूह उपविजेता बन्दै नकआउट प्रवेश गरेको हो। 

पहिलो हाफ एकएक बराबरीमा सकिएको थियो। त्यसपश्चात कुनै पनि टोलीले गोल गर्न सकेनन्।  खेलको पाँचौं मिनेटमा इजिप्टका महमूद साबेरले गोल हान्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको ११ औं मिनेटमा इरानले पेनाल्टी पायो। तर इरानका कप्तान मेहदी तारेमीले गोल गर्न सकेनन्। 

इरानका लागि खेलको १४औं मिनेटमा रमिन रजाइनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

खेलमा थप गरिएको इन्जुरी समयमा इरानले गोल प्रहार गरेको थियो। तर त्यसलाई भिडियो असिस्टेन्ट रेफ्री (भिआर) ले गोल अफसाइड घोषणा गरिदिएका थिए। सोही कारण खेल बराबरीमा सकियो। 

समूह उपविजेता बनेसँगै इजिप्टले राउन्ड अफ ३२ मा अस्ट्रेलियासँग खेल्नेछ। दुवै टोलीले बराबरी खेल्दा इरानको पनि नकआउट सम्भावना कायमै रहेको छ।

इरान ३ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ। न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.