भेनेजुएला भूकम्प : छोरीलाई बचाउँदै आमाको मृत्यु, पतिले गरे भावुक पोस्ट

भेनेजुएला भूकम्प : छोरीलाई बचाउँदै आमाको मृत्यु, पतिले गरे भावुक पोस्ट
सुन्नुहोस्

भेनेजुएला : भेनेजुएलामा आएको भूकम्पका क्रममा आफ्नी छोरीलाई बचाउने क्रममा एक आमाको मृत्यु भएको छ । यो जानकारी फुटबलर हेक्तोर बेलो र स्थानीय मिडियाले दिएका छन् । बेलोले आफ्नो इन्स्टाग्राममा लेख्दै आफ्नी पत्नी एन्ड्रियालाई ‘मेरो प्रिय प्रेम’ भन्दै सम्बोधन गरेका छन् ।

उनले बताए अनुसार, एन्ड्रियाले दुई वर्षीय छोरीलाई शक्तिशाली भूकम्पका बेला ज्यान जोखिममा राखेर बचाइन् । ‘म तिमीलाई हाम्रो छोरीलाई बचाएको कथा सुनाउनेछु, मेरी प्रिय—तिमीले कसरी आफ्नो जीवन बलिदान दिइयौ, कसरी अन्तिम साससम्म पनि उनलाई छोडेनौ’, बेलोले लेखेका छन्। उद्धारकर्मीहरू अझै पनि भग्नावशेषमा फसेका मानिसहरूको खोजीमा छन् ।

राजधानी कराकस नजिक आएका दुई ठूला भूकम्पका कारण कम्तीमा ९२० जनाको मृत्यु भएको छ र ३,००० भन्दा बढी घाइते भएका छन् । बेलोले सामाजिक सञ्जालमा लेख्दै आफू कराकस पुगेको र छोरी अस्पतालमा रहेको जानकारी दिएका छन् । ‘मेरी छोरी र उनकी काकी ठीक छन्, आज डिस्चार्ज हुँदैन-उनीहरू अस्पतालमै बस्ने छन् । यो अपार पीडामा साथ दिनु भएकोमा धन्यवाद’, उनले शुक्रबार राति लेखेका छन् ।

अर्को इन्स्टाग्राम स्टोरीमा उनले लेखेका छन्, ‘म कसरी मेरी छोरीलाई भन्नू कि तिमीले उसको जीवन बचायौ र म केही गर्न त्यहाँ हुन सकिनँ ? मलाई शक्ति देऊ ।’ स्थानीय फुटबलसम्बन्धी संस्था ‘कुमाना डे क्याम्पियोनेस’ ले पनि उनको मृत्युबारे पोस्ट गरेको छ । उनीहरूले लेखेका छन् कि फुटबलर हेक्तोर बेलोकी पार्टनर ‘केइके’ भूकम्पपछि भग्नावशेषमा मृत अवस्थामा फेला परेकी हुन् ।

यद्यपि उनकी छोरी भने भवन भत्किँदा बाँच्न सफल भएकी छन् । अमेरिकी स्पेनिश मिडिया युनिभिजनले पनि उक्त मृत्युको पुष्टि गरेको छ । भूकम्पपछि अझै धेरैको मृत्यु पुष्टि हुँदै गएको छ र धेरै मानिसहरू अझै बेपत्ता छन् । यस घटनामा दुई फुटबल खेलाडी पनि ज्यान गुमाउनेमा परेका छन्, उनीहरूको क्लब र भेनेजुएला फुटबल महासंघले पुष्टि गरेको छ । कराकस फुटबल क्लबका अनुसार, यसको अन्डर–१८ खेलाडी रजान सिज्जा आफ्नो परिवारसँगै ला ग्वाइरामा रहेको घरमा मृत्यु भएका थिए ।

त्यसैगरी, क्लब स्पोर्ट सान अगस्टिनले आफ्नो एकेडेमीका भिक्टर पलासियोसको मृत्यु भएको जनाएको छ । पूर्व मिस भेनेजुएला गिसेल रेजेसले पनि आफ्नो आमाको मृत्यु भएको जानकारी दिएकी छन् । उनका अनुसार, भूकम्पका कारण भवन पूर्ण रूपमा भत्किँदा आमाको ज्यान गएको हो । रेजेसले भनिन् कि उनकी आमाको मृत्यु भूकम्पको झट्का र तनावका कारण हृदयघात भएर भएको हो । उनलाई हेरचाह गर्दै आएकी नर्सले उद्धार पाएपछि यो जानकारी दिएकी थिइन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.