राम मन्दिरको भेटी चोरी प्रकरण : आठजनाविरुद्ध मुद्दा दायर

राम मन्दिरको भेटी चोरी प्रकरण : आठजनाविरुद्ध मुद्दा दायर
सुन्नुहोस्

काठमाडौं : भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरको भेटी चोरी प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर भएको छ। भेटी चोरीसम्बन्धी एसआईटीको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री योगी आदित्यनाथलाई बुझाएपछि उनीहरूविरुद्ध मुद्दा दायर भएको हो।

अयोध्याका एसएसपी गौरव ग्रोभरका अनुसार राम मन्दिरको दान बाकसबाट नगद र बहुमूल्य सामान चोरी भएको आरोपमा आठजनाविरुद्ध मुद्दा दर्ता भएको हो।

उनीहरूमाथि अनुसन्धान सकिएलगत्तै अदालतमा पेश गरिने जनाइएको छ। चोरीमा दुई करोड डलरभन्दा बढीको अपचलन भएको हुनसक्ने बताइएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले यस विषयमा गहिरो अनुसन्धान हुने भएका छन्।

'मन्दिरको भेटी चोरी भएको घटनाको अनुसन्धान गर्न गठित एसआईटीको रिपोर्ट आउने बित्तिकै कारवाही अघि बढिसकेको छ, योगी आदित्यनाथले भनेका छन्,'अब यो विषयमा'दूधको दूध र पानीको पानी छुट्याइन्छ।'

उनले थपे ,'जनताको आस्थामा छेडछाड स्वीकार्य छैन। सनातन आस्थामा छेडछाड गर्नेले परिणाम भोग्नेछ। कसैलाई पनि स्वतन्त्रता दिन सकिँदैन।'

श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कृष्ण मोहनको उजुरीमा प्रहरीमा मुद्दा दर्ता गरिएको हो। भक्तहरूको भेटी हिनामिना भएको, ट्रस्ट कोषको दुरुपयोग गर्ने षड्यन्त्र गरेको र दान बाकसबाट सङ्कलन गरिएको रकमको कथित दुरुपयोग भएको रिट निवेदनमा उल्लेख छ।

भेटी हिनामिना भएको उजुरी परेपछि जुन १३ मा एसआईटी गठन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.