आमाको उपचार गर्न अस्पताल आएका युवकले गरे आफ्नै पेटमा सिसा प्रहार, जोगाउन सकिएन ज्यान

आमाको उपचार गर्न अस्पताल आएका युवकले गरे आफ्नै पेटमा सिसा प्रहार, जोगाउन सकिएन ज्यान
फाइल फोटो

विराटनगर : आमाको उपचारका लागि अस्पतालमा बसेका बेला आफैंलाई सिसाले प्रहार गरेका मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको छ ।

राजेन्द्रले विराटनगरको गोल्डेन अस्पताल परिसरमा आफ्नै पेटमा सिसा प्रहार गरेका थिए । पेटमा सिसा प्रहार गरेपछि गम्भीर घाइते भएका राजेन्द्रको गोल्डेनमै उपचार भइरहेको थियो । प्रहरीका अनुसार राजेन्द्र आफ्नी ६९ वर्षीया आमा राम्रिका राईको उपचारका लागि गोल्डेन अस्पतालमा बसेका थिए । साउन २ गते बिहान करिब ६ बजे अस्पतालको पछाडिपट्टि पुगेका उनले घरको झ्यालमा प्रयोग हुने सिसाले आफ्नै पेटमा प्रहार गरेका थिए । 

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गम्भीर घाइते भएका राजेन्द्रलाई तत्काल गोल्डेन अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ करिब ७ बजे उनको मृत्यु भएको जानकारी मिश्रले दिए । प्रहरीले मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको जनाएको छ ।

राजेन्द्रले यस्तो कदम किन चाले भन्ने विषय खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए । ‘अस्पतालमा आफैंलाई सिसा प्रहार गरेर गम्भीर घाइते बनेका राजेन्द्रको जीवन जोगिएन । तर, घटनाको कारण थाहा हुन सकेन । विस्तृतमा अनुसन्धान गरिएपछि वास्तविक कारण पत्ता लाग्छ । अहिले प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ,’ डीएसपी मिश्रले भने । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.