सुतिरहेका बेला पहिरोले घर पुर्दा तीन वर्षीय बालकको मृत्यु, बाबु–आमा घाइते

सुतिरहेका बेला पहिरोले घर पुर्दा तीन वर्षीय बालकको मृत्यु, बाबु–आमा घाइते

मुगु : मुगुम कार्मारोङ गाउँपालिका–५ पालिका केन्द्र रहेको पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ४ बजे स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो खस्दा मृत्यु भएको हो ।

पहिरोमा परी जगनाथ र सिर्जनालाई सामान्य चोट लागेको छ । उनीहरूले पुलु स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन् । पहिरोमा पुरिएका बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी पुर्‍याए पनि चिकित्सकले बिहान करिब ५ः४५ बजे मृत घोषणा गरेका थिए ।करिव २ सय मिटर माथिबाट आएको पहिरोले घरमा पूर्ण क्षति पुगेको छ ।

घटनास्थल आसपासका थप आठ घर समेत जोखिममा रहेकाले ती घरमा बस्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रबीराज थपलियाले बताए । .उक्त स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको  कमाण्डमा ७ जनासहित छायल प्रहरी चौकीबाट ६ जनाको टोली घटनास्थलतर्फ हिंडेको छ भने पुलुमा रहेका प्रहरी र स्थानीयले  अहिले उद्धार गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.