कति छन् प्रधानमन्त्रीको सचिवालयमा ?

कति छन् प्रधानमन्त्रीको सचिवालयमा ?
सुन्नुहोस्

प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ कुल ४८ जनाको दरबन्दी रहेकोमा हालसम्म २७ जना नियुक्त भइसकेका छन्।

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा दुई जना मन्त्रीसरहका सल्लाहकारसहित २७ जना कर्मचारी रहेको खुलेको छ। नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सूचनाको हक प्रयोग गरी विवरण मागेपछि प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाले त्यसबारे सूचना उपलब्ध गराएका हुन्।

प्रधानमन्त्रीको सचिवालयमा ‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४’ बमोजिम सल्लाहकार तथा कर्मचारी नियुक्त गरिएको सचिव सापकोटाले जानकारी दिएका छन्। कार्यविधिअनुसार प्रधानमन्त्रीको सल्लाहकारतर्फ मन्त्रीसरह सुविधा पाउने गरी मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार गरी दुई जनाको नियुक्ति रहेको सचिव सापकोटाले जानकारी दिएका छन्। प्रधानमन्त्री शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार) र राजनीतिक सल्लाहकार असीम शाह छन्।

यस्तै, राज्यमन्त्रीसरह सुविधा पाउने गरी प्रधानमन्त्रीको सचिवालयमा नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार नियुक्त गरिएका छन्। नीति तथा प्रशासन सल्लाहकारमा सुदीप ढकाल छन् भने सूचना तथा सञ्चार प्रविधि सल्लाहकारमा विवेक मिश्र छन्।

यसबाहेक एक जना अवैतनिक स्वास्थ्य सल्लाहकार पनि नियुक्त गरिएको सचिव सापकोटाले जानकारी दिएका छन्। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन्। उनका अनुसार प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ कुल ४८ जनाको दरबन्दी रहेकोमा हालसम्म २७ जना नियुक्त भइसकेका छन्।

शाह प्रधानमन्त्री बनेको चार महिना हुन लाग्दा पनि सचिवालयका पदाधिकारी र कर्मचारीको संख्याको विषय गुपचुप राखिएको थियो। प्रधानमन्त्री कार्यालयको वेबसाइटमा पनि अन्य पदमा नियुक्त भएका पदाधिकारीको विवरण राखिएको छैन।

कांग्रेस सांसद थपलियाले ‘प्रधानमन्त्रीको सचिवालयमा कति जना, कुन तह, स्तरको सेवासुविधासहित कुन कानुनअन्तर्गत पदाधिकारी र कर्मचारी नियुक्त गरिएका छन् ? सचिवालयमा भएका कर्मचारीले गाडी सुविधा पाउँछन् कि पाउँदैनन् ?’ भन्ने लगायतका प्रश्नसहित सूचना मागेकी थिइन्। ‘कस–कसले गाडी सुविधा पाएका छन् ? सूची उपलब्ध गराउनुहोस्। सचिवालयमा कति गाडी प्रयोग 
हुन्छ ? प्रधानमन्त्रीको सचिवालयको मासिक खर्च कति छ ?’ उनले मागेको सूचनामा उल्लेख छ, ‘टेलिफोन, खाजा, पेट्रोलियमसहित खर्च कति हुन्छ ? मन्त्रिपरिषद्ले मन्त्रीहरूलाई विशिष्ट श्रेणीको सचिवालय दिन लागेको चर्चा छ। कति जना सचिवालयमा रहन्छन् ? सेवासुविधा के पाउँछन् ? राज्यकोषमा कति भार पर्छ ?’

प्रधानमन्त्री कार्यालयका सचिव सापकोटाले मन्त्रीहरूको सल्लाहकार नियुक्तिसम्बन्धी व्यवस्थाअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयका मन्त्रीले विशिष्ट श्रेणीसरहका एक जना वैतनिकसहित बढीमा पाँच जनासम्म सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था रहेको जानकारी दिएका छन्।

अन्य मन्त्रीले भने विशिष्ट श्रेणीसरहका एक जना वैतनिकसहित बढीमा तीन जनासम्म सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था कार्यविधिमा उल्लेख छ।

उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवालयमा ९÷९ जनाको दरबन्दी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवालयमा ९/९ जनाको दरबन्दी रहने व्यवस्था गरिएको छ। सम्बन्धित कार्यविधिअनुसार स्वकीय सचिवालयका कर्मचारीको संख्या, पद र सेवासुविधा निर्धारण गरिएको सचिव सापकोटाले जानकारी दिए।

व्यवस्थाअनुसार उपप्रधानमन्त्रीले राजपत्रांकित प्रथम श्रेणीसरहका प्रमुख स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। मन्त्री र राज्यमन्त्रीले भने राजपत्रांकित द्वितीय श्रेणीसरहका प्रमुख स्वकीय सचिव राख्न सक्ने व्यवस्था छ।

यसबाहेक उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको सचिवालयमा समान रूपमा राजपत्रांकित तृतीय श्रेणीसरहका एक जना स्वकीय सचिव, एक जना समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत, राजपत्रअनंकित प्रथम श्रेणीसरहका एक जना सञ्चार तथा जनसम्पर्क सहायक, राजपत्रअनंकित प्रथम श्रेणीसरहका एक जना सहायकस्तरका कर्मचारी तथा दुई जना सवारी चालक र दुई जना कार्यालय सहयोगी राख्न पाउने व्यवस्था गरिएको छ।

कार्यविधिअनुसार नियुक्त हुने यी पदाधिकारी तथा कर्मचारीले सरकारका सम्बन्धित श्रेणीका कर्मचारीले कानुनबमोजिम पाउने तलब, भत्ता तथा अन्य सेवासुविधा प्राप्त गर्ने व्यवस्था गरिएको पनि सचिव सापकोटाले जानकारी दिए। सांसद थपलियाले मागेको गाडी सुविधालगायत राज्यकोषमा पर्ने आर्थिक विषयमा भने सचिव सापकोटाले जानकारी दिएका छैनन्। गाडी सुविधादेखि सचिवालयको मासिक खर्चलगायत राज्यकोषमा पर्ने सम्पूर्ण भारको विषयमा पनि सांसद थपलियाले सूचना मागेकी थिइन्।


‘कुमार बेन भारत गएको जानकारी छैन’ 

null

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (बेन) भारत भ्रमणमा गएको जानकारी नभएको बताएको छ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बेन भारत भ्रमणमा गएको विषयमा अनविज्ञता जनाएका छन्। उनी गत असार १९ गते सिमरा हुँदै चारदिने भारत भ्रमणमा गएको समाचार सार्वजनिक भएको थियो। ‘उहाँको भारत भ्रमणबारे कुनै जानकारी छैन,’ पौडेलले भने, ‘औपचारिक जानकारी हामीकहाँ आएको छैन।’

पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आसन्न चीन भ्रमणबारे पनि जानकारी नआएको बताए। ‘त्यो दुई देशका राजनीतिक पार्टीको विषय हो,’ उनले भने, ‘यस भ्रमणका बारेमा समन्वय गर्नुपर्ने भए सम्बन्धित पार्टीको अनुरोधमा परराष्ट्रले काम गर्नेछ।’ पौडेलले प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे अहिलेसम्म कुनै औ‍पचारिक निर्णय नभएको पनि बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.