आउन थाल्यो जीटूजीबाट खरिदको रासायनिक मल
काठमाडौं : सरकारले जीटूजीमार्फत खरिद गरेको रासायनिक मल विराटनगर आउन सुरु भएको छ । कोशी प्रदेशका १३ जिल्ला र मधेस प्रदेशको सिरहा र सुनसरीका लागि मगाइएको ८ हजार ५ सय टन डीएपी मल आउन सुरु भएको विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ ।
हालसम्म पाँच सय टनभन्दा बढी डीएपी मल आइसकेको र यसलाई सम्बन्धित जिल्लाहरूमा पठाउने प्रक्रियासमेत सुरु भइसकेको कामु प्रादेशिक प्रबन्धक कमल पोखरेलले बताए । उनले ८ हजार ५ सय टन युरिया पनि आउन थालिसकेको र आइतबारदेखि सम्बन्धित जिल्लामा पठाइने जानकारी दिए ।
रासायनिक मलको अभाव हुन नदिन यसअघि नै कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले बफर स्टकमा रहेको डीएपी, युरिया मल वितरण गर्न थालेको थियो । अब जीटूजी र ग्लोबल टेन्डरमार्फत खरिद गरिएको रासायनिक मलसमेत आउने भएकाले आउने दिनमा रासायनिक मलको अभाव नहुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !