ट्राफिकको निशानामा कालोसिसा भएका सवारीसाधन

ट्राफिकको निशानामा कालोसिसा भएका सवारीसाधन
सुन्नुहोस्

काठमाडौं : सवारी साधनको सिसा परिवर्तन गरी कालो स्टिकर लगाउने सवारी धनी कारबाहीमा पर्ने भएका छन्। उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जडान गरिएको कालोसिसाका स्टिकर हटाउने अभियान सुरु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले यातायात व्यवस्था ऐन–२०४९ को दफा ३९ अनुसार सवारी साधनको संरचना परिवर्तन गर्न नपाइने बताए।

उनी भन्छन्, ‘ऐनविपरीत सवारीको नम्बर परिवर्तन गर्ने, सिसामा कालो स्टिकर लगाउने तथा सिट हेरफेर गर्ने सवारीधनीलाई कारबाही गरिन्छ। आइतबार मात्रै उपत्यकामा करिब ७० बढी सवारी साधनको सिसामा लगाइएको कालो स्टिकर हटाइएको छ। यो अभियान निरन्तर चलिरहने प्रवक्ता सुवेदीले बताए।’ केही दिनअघि उपत्यका ट्राफिक कार्यालयमा एउटा उजुरी आएको थियो। उजुरी २ जना इनड्राइभ र यांगो चालकविरुद्ध थियो। एक महिलाले ती चालकहरूले आफूलाई दुव्र्यवहार गरेको भन्दै निवेदन दिएकी थिइन्।

निवेदनअनुसार कालोसिसा लगाएका ट्याक्सी चालकले गाडीमा राखेर दुर्व्यवहार गरेका थिए। यसका साथै एक ठाउँमा भनेर त्यहाँ नरोकी अन्तै लगेका थिए। यसका साथै ती चालकले रातिराति फोन र म्यासेज गरेर मानसिक टर्चर नै दिएको निवेदनमा उल्लेख छ।

ट्राफिक प्रहरी प्रवक्ता सुवेदी भन्छन्, सार्वजनिक तथा निजी सवारीको सिसामा कालो स्टिकर लगाएर विभिन्न व्यक्तिहरूले आपराधिक कार्य गरेको समेत उजुरी आएको छ। सवारी साधनमा को छ ? भन्ने बाहिरबाट नदेखिने हुँदा अपराध गरेर फरार व्यक्तिलाई समेत भाग्न सजिलो भयो। यस्तै हुन्डी कारोबार गर्नेहरू, कारागारबाट भागेकाहरूसमेत यस्तै सवारीमा चढेर भाग्ने गरेको सूचना प्रहरीले पाएको छ।

कानुनले बन्देज लगाएको कार्य गैरकानुनी तवरले गर्न पाइँदैन। आइतबारदेखि उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालोसिसाका स्टिकर हटाउन थालिएको हो। पहिलो चरणमा स्टिकर हटाउन थालिएको हो। कम्पनीबाट कालोसिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गर्ने भएको छ। सोमबार ट्राफिक प्रहरी, गाडी विक्रेता कम्पनी र सरोकारवालासँग छलफल राखिएको छ। छलफलका क्रममा कम्पनीबाट कालोसिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्ने विषयमा पनि निर्णय गरिनेछ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले सुरक्षा प्रोटोकलका विशेष व्यक्तिले बाहेक कालोसिसा भएका सवारी साधन चढ्न पाइँदैन।

नेपालको यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ मा सवारी साधनको रंग, सिट, इन्जिनलगायतका विषयमा हेरफेर गर्न परेमा अधिकारप्राप्त निकायको स्वीकृति लिनुपर्छ। सवारी निर्माता कम्पनीले सवारीको बनोट सम्बन्धमा निर्धारण गरेको विस्तृत विवरण परिवर्तन हुने गरी परिवर्तन गर्न पाइँदैन।

आइतबारदेखि सुरु भएको कालो स्टिकर हटाउने अभियानका क्रममा माइक्रोबस र ट्याक्सीमा समेत कालोसिसा प्रयोग गरेको भेटिएको छ। कालोसिसाको प्रयोग गरेर हातहतियार ओसारपसार र लागुऔषध जस्ता कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ। यातायात व्यवस्था ऐन–२०४९ को दफा ३९ अनुसार स्वीकृति नलिई सवारीको रङ, स्वरूप र इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने कानुनी व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.