तुलाधरको निधनले देशलाई ठूलो क्षति : माधव नेपाल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधनले देशलाई ठूलो क्षति भएको बताएका छन्।
‘तुलाधर नेपालको नगरिक र लोकतान्त्रिक आन्दोलनका धरोहर हुन्’, नेता नेपालले भने, ‘नेपाल कम्युनिस्ट पार्टीसँग उहाँको निकट सम्बन्ध थियो।’
नेता नेपालले पञ्चायती शासनविरुद्ध जनताको माझमा बसेर विद्रोह गरेको सम्झना गरे। सँगै नेता नेपालले तुलाधरले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण योगदान गरेको सम्झिएका छन्।
‘नेपाली जनताले उहाँको योगदान कहिल्यै बिर्सने छैनन्। उहाँ जनतालाई प्रेरित गर्न सक्नुहुन्थ्यो’, नेता नेपालले भने, ‘उहाँको भाषण तत्कालीन समयमा लोकप्रिय हुन्थ्यो।’